नेपाल वायु सेवा निगमले नयाँ विमान ल्याएपछि उडान थप्यो, काठमाडौं–भैरहवा हप्तामा छ दिन उडान

बिजमाण्डू
२०७१ साउन ११ गते ००:०० | Jul 27, 2014

काठमाडौं । नेपाल वायुसेवा निगमले साउन १४ गते बुधबारदेखि काठमाडौं–भैरहवा–काठमाडौंको हप्ताको ६ दिन नियमित उडान गर्ने भएको छ। आइतबार एकदिन बाहेक अरु ६ दिन उडान गर्ने कार्यतालिका निर्धारण गरिएको  निगमले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।
निगमले अहिले हप्ताको दुईदिन बुधबार र शनिबार मात्रै  काठमाडौं–भैरहवा–काठमाडौंको उडान गर्दै आएको छ। नयाँ तालिका अनुसार काठमाडौंबाट बिहान ११ बजे भैरहवाको लागि र अपरान्ह सवा १२ बजे भैरहवाबाट काठमाडौंको लागि उडान हुनेछ।

Tata
GBIME
Nepal Life