सानिमा बैंकको नाफा ४९ प्रतिशतले बढ्यो, खुद व्याज, बैंदेशिक मुद्रा सटहीबाट आम्दानीमा वृद्धि

बिजमाण्डू
२०७१ साउन १२ गते ००:०० | Jul 28, 2014
काठमाडौं। गत आव २०७०/७१ मा सानिमा बैंकको नाफा अघिल्लो आवको तुलनामा ४८.७८ प्रतिशतले बढेको छ । अघिल्लो आवमा ३० करोड ५० लाख रुपैयाँ नाफा कमाएको बैंकले गत आवमा भने ४५ करोड ३८ लाख रुपैयाँ पुगेको छ । बैंकको नाफा वृद्धिको आधार भने आम्दानीमा भएको वृद्धि देखिन्छ । 
 बैंकको सञ्चालन नाफा ५१ प्रतिशतले बढेर ६९ करोड ५५ लाख पुगेको छ । बैंकको खुद व्याज आम्दानी २४ प्रतिशत, बैदेशिक मुद्राको सटहीबाट करिब साढे पाँच गुणाले वृद्धि भएको छ । बैंकको खुद व्याज आम्दानी बढेर ८१ करोड ८७ लाख रुपैयाँ पुगेको छ । बैंकको व्याजको लागत भने सामान्य वृद्धि भएको देखिन्छ । बैदेशिक मुदा सटहीबाट बैंकले १४ करोड ६८ लाख आम्दानी गरेको छ । बैंकको फि कमिसन, अन्य सञ्चालन आम्दानीमा पनि वृद्धि छ । 
बैंकले यसअघि छुट्याएको सम्भावित जोखम बापतको व्यवस्था रकमबाट १५ लाख रुपैयाँ फिर्ता ल्याएको छ । बैंकले गत आवको लागि भने सम्भावित जोखिम वापतको व्यवस्थामा रकम पनि चार प्रतिशतले कम गरेको छ । बैंकले गत आवमा सम्भावित जोखिम वापत पाँच करोड ५२ लाख रुपैयाँ छुट्याएको छ । 
बैंकको निक्षेप वृद्धिको तुलनामा कर्जा वृद्धि दर केही कम छ । बैंकको निक्षेप करिब ३९.६ प्रतिशतले बढेर २४ अर्ब ८४ करोड पुगेको छ भने बैंकको कर्जा ३५.२ प्रतिशतले बढेर २० अर्ब ४१ करोड रुपैयाँ भएको छ । बैंकको कर्जा बिस्तारमा सुधार भएपछि कर्जा निक्षेप अनुपात पनि बढेको छ । बैंकको यसअघि ७३.९८ प्रतिशत रहेको कर्जा निक्षेप अनुपात बढेर ७५.२० पुगेको छ । बैंकको कर्जा र निक्षेपको व्याजदर बीचको अन्तर स्प्रेड दर ४.३५ प्रतिशत छ । बैंकको रियल स्टेटमा कुल कर्जाको ४.५ प्रतिशत मात्र लगानी रहेको छ । तर व्यक्तिगत आवास कर्जा भने यस्तो कर्जाको ५.६२ प्रतिशत छ । बैंकको अधिविकर्ष कर्जा भने ९९ प्रतिशत बढेर सात अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । बैंकले सेयरको धितोमा दिइने कर्जा पनि वृद्धि गरेको छ । यस्तो कर्जा नौं सय ४७ प्रतिशतले बढेर ४५ करोड ९० लाख रुपैयाँ पुगेको छ । 
बैंकको प्रतिसेयर आम्दानी २०.४७, मूल्य आम्दानी अनुपात ३१.१७ प्रतिशत, र प्रतिसेयर नेटवर्थ एक सय २९ रहेको छ । बैंकको सञ्चित तथा जगेडा कोष बढेर ६६ करोड तीन लाख पुगेको छ । 

Tata
GBIME
Nepal Life
शाइन रेसुंगाको नाफा ८५ प्रतिशत वृद्धि 
शाइन रेसुंगा बिकास बैंकको नाफा ८५ प्रतिशतले बढेर १६ करोड १९ लाख रुपैयाँ पुगेको छ । सञ्चित तथा जगेडा कोष ८० प्रतिशतले बढेर २१ करोड ९३ लाख रुपैयाँ भएको छ । बैंकको खुद व्याज आम्दानी ७० प्रतिशतले बढेको छ । बैंकको निक्षेप २२ प्रतिशत र कर्जा ३७ प्रतिशतले वृद्धि भयो । बैंकको सञ्चालन नाफा पनि ७९ प्रतिशतले बढ्यो । 
बैंकको पूँजी कोष पर्याप्तता अनुपात १६.२५, प्रतिसेयर आम्दानी २९.४६, प्रतिसेयर नेटवर्थ एक सय ३९ रुपैयाँ रहेको छ ।