विराटलक्ष्मी विकास बैंकको नाफा पाँच करोड ४२ लाख रुपैयाँ, निक्षेप तीन अर्ब ८५ करोड नाघ्यो

बिजमाण्डू
२०७१ साउन १२ गते ००:०० | Jul 28, 2014
काठमाडौं । विराटलक्ष्मी विकास बैंकले गत आर्थिक बर्ष १० करोड ८८ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको  छ। बैंकले पाँच करोड ४२ लाख रुपैयाँ खुद नाफा गरेको छ। 
बैंकले तीन अर्व ८५ करोड ५५ लाख निक्षेप संकलन गरी  दुई अर्व ३६ करोड ४५ लाख कर्जा लगानी गरेको छ। चालु बर्ष बैंकले चार अर्व १९ करोड ५३ लाख निक्षेप संकलन तथा दुई अर्व ९६ करोड ४६ लाख कर्जा लगानी गर्ने लक्ष्य निर्धारण गरेको कामु प्रमुख कार्यकारी अधिकृत सुधिरकुमार श्रेष्ठले जानकारी दिए।
गत जेठ महिनादेखि खाँदवारी डेभलपमेन्ट बैंक गाभिएपछि २३ करोड ४६ लाख सेयर पूँजी सहित विराटलक्ष्मी १० जिल्लास्तरीय विकास बैंकको रुपमा स्तरबृद्धि भएको छ।   
  
 

Tata
GBIME
Nepal Life