सोमवार २४ कम्पनी कारोबारबाट आउट, कारोबार बढेपछि राफसाफमा चाप, १६ घण्टा राफसाफमा लाग्दै सीडीएससी

बिजमाण्डू
२०७१ साउन १२ गते ००:०० | Jul 28, 2014
काठमाडौं। सेयर बजारमा कारोबार बढ्न थालेपछि यसको चाप राफसाफ प्रक्रियामा परेको छ । सेयर राफसाफ प्रक्रियाको क्रममा रकम बुझाउन ढिलाई भएपछि १६ ब्रोकर कम्पनीको आइतवार कारोबार रोक्का गरिएकोमा सोमवार २४ कम्पनीको रोक्का भएको छ । 
सिडीएस एण्ड क्लियरिङ लिमिटेडका प्रमूख कार्यकारी अधिकृत सुबोध शर्मा सिग्देलले भने, ‘हामी अहिले पनि १६ घण्टा काम गरेर राफसाफ प्रक्रिया सम्पन्न गरिरहेका छौं तर ब्रोकर कम्पनीहरुले समयमा कागजात र रकम नबुझाएको कारण ब्रोकरहरुलाई आउट गरेका हौं ।’ 
नेपाल व्रोकर्स एशोशिएसनका अध्यक्ष नरेन्द्रराज सिजापतीले भने अहिलेको राफसाफ प्रक्रियामा अपनाइएको प्रविधिले कारोबारको चाप थेग्न नसकेको बताए । सिजापतीले भने , ‘सिडीएससीले शुक्रवारबाट १६ घण्टा काम गरिरहेको छ  तर पनि राफसाफ प्रक्रिया समयमै सकेको छैन, यसले नै देखाउँछ नि यो प्रविधिले भर थेग्न सकेन भन्ने कुरा, सिजापतीले भने ।
सिजापतीका अनुसार सीडीएससीले तीन हजार संख्यामा राफसाफ गर्न सक्छ तर बजारमा सरदर पाँच हजार कारोबार हुने भएकोले अगाडी देखि नै राफसाफ हुन बाँकी करोबार थुप्रिदै आएको थियो । ब्रोकरहरुका अनुसार राफसाफ प्रक्रियामा चाप परेकोले उनीहरुले १० हजार पाउनु पर्ने तर तीन हजार बुझाउनु पर्ने अवस्था हुँदा पनि आउट गरिने गरेको दाबी गरे । 
नेप्सेले गर्दै आएको राफसाफ प्रक्रियालाई २०६९ कात्तिकबाट सीडीएससीले गर्न थालेको हो ।  तर सिडीएससीले विद्युतीय रुपमा अभिलेख रहेको (डीम्याट) सेयरको मात्र राफसाफ गर्ने भएपनि कम्पनीलाई आउट सोसिङको रुपमा प्रयोग गरेर पुरानै प्रणालीबाट सेयर राफसाफ हुदै आएको छ । नेप्सेले हालै पनि ब्रोकर कम्पनीहरुलाई सीडीएससी कनेक्टिभीटीमा जोडिन निर्देशन दिएको छ । तर यसरी कम्पनीहरु सीडीएससीमा जोडिएपछि पनि राफसाफको हालको प्रणाली हटेर डीम्याटमा रहेको सेयरको कारोबार र राफसाफ शुरु नहुदासम्म कारोबार बढ्दा हुने चाप भने घट्ने छैन ।  
 
  
 
 
 
 
 
 
 

Tata
GBIME
Nepal Life