प्राविधिक समस्या आएपछि केही समय नेप्सेमा कारोबार बन्द, तीन बजेर २५ मिनेटसम्म बजार खुला रहने

बिजमाण्डू
२०७१ साउन १२ गते ००:०० | Jul 28, 2014
काठमाडौं । प्राविधिक समस्या आएपछि केही समय कारोबार बन्द गरेको नेप्सेले यसको क्षतीपूर्ती स्वरुप २५ मिनेट थप समय दिएको छ । नेप्सेको अनुसार सोमवार कारोबारको लागि बजार तीन बजेर २५ मिनेट जाँदासम्म खुला रहने छ । इन्ट्रानेट सेवाप्रदायकले दिएको कनेक्टिभिटीमा समस्या आएपछि कारोबार हुन सकेको थिएन । ब्रोकर कम्पनी र नेप्सेबीचको कनेक्टिभिटी ट्रेडिङ सिस्टममा समस्या आएको उल्लेख गरिएको छ । सोमवार कारोबार रकम पनि घटेको छ । करिब सवा दुई बजेसम्ममा जम्मा १६ कोड रुपैयाँको सेयर किनबेच भएको छ ।  सोमवार नै २४ ब्रोकर कम्पनी आउट हुनु, कारोबारमा समस्या आउनुले लगानीकर्ताको उत्साह घट्न पुगेको बजारसम्बद्ध पक्षहरुले बताएका छन । २४ मध्ये एक ब्रोकर अक्सफोर्ड सेक्युरिटीजले कारेबार रकम बुझाएपछि कम्पनीले कारोबार गर्न पाएको छ । 
 

Tata
GBIME
Nepal Life