घाइते अार्थिक पत्रकारको उपचारका लागि सेजनले कोष खडा गर्यो, एनबी बैंकमा पैसा जम्मा गर्न सक्ने

बिजमाण्डू
२०७१ साउन १२ गते ००:०० | Jul 28, 2014

काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले सडक दुर्घटनामा घाइते भएका सदस्यको उपचारका लागि कोष खडा गरेको छ।

Tata
GBIME
Nepal Life

सेजनका सदस्यहरु किरण अधिकारी र मोदनाथ ढकाल सडक दुर्घटनामा परि घाइते भएका छन्। घाइते भएका दुबै पत्रकारलाई उपचारार्थ वि एण्ड वि अस्पतालमा भर्ना गरिएको छ। सेजनले नेपाल बंगलादेश (एनबी) बैंकको बिजुलीबजारस्थित मुख्य शाखामा खाता खोलेर कोष खडा गरेको हो।

सेजनले दिएको जानकारी अनुसार सहयोग गर्न इच्छुकले एनबी बैंकको ००५००५१५७०४१ पि नम्बरको खातामा पैसा जम्मा गर्न सक्नेछन्। खाता वा अनामनगरस्थित सेजन सचिवालयमा सहयोग उपलब्ध गराइदिन सेजनले अपिल पनि गरेको छ।