नेप्से परिसूचक स्थिर, ब्रोकर आउट भएपछि कारोबार रकम करिब आधा, बैंकिङ र म्यानुफ्क्चरिङ घटे

बिजमाण्डू
२०७१ साउन १२ गते ००:०० | Jul 28, 2014
नेप्से परिसूचक स्थिर, ब्रोकर आउट भएपछि कारोबार रकम करिब आधा, बैंकिङ र म्यानुफ्क्चरिङ घटे
काठमाडौं। सोमवार सेयर बजार लगभग स्थिर देखिएको छ । अघिल्लो दिनको तुलनामा नेप्से १.११ अंकले घटेर १०७२ बिन्दुमा आएको छ । केही दिन अघिसम्म लगानीकर्ताहरु मुनाफा सुरक्षित गर्न लागे पनि केही दिन यता भने सबै ब्रोकर कम्पनीले काम गर्न नपाएपछि बजारमा प्रभाव परेको हो । आइतवार १६ ब्रोकर आउट भएका थिए भने सोमवार २३ ब्रोकरले पुरै समय र एक ब्रोकरले आधी समय काम गर्न पाएनन । अवधि भित्र राफसाफ प्रक्रियाको लागि रकम उपलब्ध गराउन नसकेपछि यी ब्रोकर कारेबारबाट आउट भएका हुन । त्यस्तै सोमवार बजारमा प्राविधिक समस्या आएपछि  करिब ४५ मिनेट बन्द भएको ब्रोकरहरुले उल्लेख गरेका छन । नेप्सेले यसको क्षतीपूर्ती स्वस्प २५ मिनेट समय थप गरेको थियो । 
सोमवार बजारमा बैंकिङ र म्यानुफ्याक्चरिङ समूहको सूचक बढ्न सकेन । नाफा बढेको वित्तीय विवरण सार्वजनिक गरेपनि सिटिजन्स बैंक, ग्लोबल आइएमइ र सानिमा बैंकको सेयर मूल्य बढ्न सकेन । यो समूहका आठ बैंकको मात्र मूल्य बढ्यो । प्राइम, जनता, कुमारी, नबिल, नेपाल, एनसीसी, सिभिल, एनआइसी एसियाको सेयर मूल्य बढेको छ ।  
नबिल ब्यालेन्स्ड फण्डको इकाइको कारोबार बढेको छ । यस योजनाले यसअघि नै ५.५ प्रतिशत लाभांश प्रस्ताव धितोपत्र बोर्डमा लगेको थियो । तर एक बर्षको अवधि पुरा नगरि लाभांश दिन नमिल्ने बोर्डले बताएको थियो । फण्डको प्रतिइकाई मूल्य १८ रुपैयाँ पुगेको छ । सेमवार यो योजनाको इकाइको खरिद बिक्रीबाट तीन करोड २७ लाख रकमको कारोबार भयो । होटेल र बीमा समूहको परिसूचकमा भने दोहोरो अंकको सुधार भयो । कारोबार रकम भने यस दिन उल्लेख्य घटेर ३४ करोडमा सिमित भएको छ ।  
 

Tata
GBIME
Nepal Life