काठमाण्डाैं अवतरण गर्दा बिमान बङ्गलादेशकाे जहाजमा अागलागी, दुर्घटना हुन पाएन, यात्रु सकुशल

बिजमाण्डू
२०७१ साउन १२ गते ००:०० | Jul 28, 2014

काठमाडाैँ । बिमान बंगालादेशको बीजी ७०२ को विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा पछाडिको दायाँ पाङ्ग्रामा आगलागि भएको छ पहिलाे पाेष्टले लेखेकाे छ ।
बंगालादेशबाट काठमाडौं आएको एअर बस ३३० विमानको पाङ्ग्रामा आगलागि हुँदा तुरून्तै विमास्थलको अग्नि नियन्त्रकले आगो निभाए पछि ठुलो दुर्घटना भएन । चक्कामा आगो देखिएपछि सबै यात्रुलाई सकुशल उद्धार गरिएकाे विमानस्थल स्राेतले जानकारी दिएको छ।

Tata
GBIME
Nepal Life

बिमान बंगलादेशका काठमाडौंमा रहेका इन्जिनियर मस्तुकका अनुसार विमानको पछाडिपट्टिको पाङ्ग्रा धेरै तातेर धुवाँ निस्किएको थियो। 'आगो लागेकोभन्दा पनि सामान्य धुवाँ आएको हो, पछाडिको चक्का तातेर धुवाँ निस्किएको हो,' मुस्तकले भने। यो बिमान आजै ३ बजेर १० मिनेट जाँदा बंगलादेश फर्किनुपर्ने तालिका थियो। 

इन्जिनियर मुस्तकका अनुसार बिमानको ब्रेक र अर्को एउटा सामान पनि पेर्नु हुँदा आजको फ्लाइट रद्द गरिएको छ। 'यो सामान्य घटना हो, ब्रेकका कारण चक्का तातेको हुनुपर्छ,' उनले भने।