कात्तिकबाट पुराना चेकहरु नचलाउन राष्ट्र बैंकको निर्देशन, ग्राहकले एमआइसिआर चेक लिनु पर्ने

बिजमाण्डू
२०७१ साउन १२ गते ००:०० | Jul 28, 2014
काठमाडौं। नेपाल राष्ट्र बैंकले कात्तिक १ गतेबाट पूर्ण रुपमा म्याग्नेटिक इंक क्यारेक्टर रिकक्नेसन (एमआइसिआर) चेकको प्रयोग गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ। 
विद्युतीय चेक राफसाफ (इसिसी) पूर्ण रुपमा सञ्चालनमा आइसकेको भन्दै राष्ट्र बैंकले कात्तिक १ बाट एमआइसिआर चेकको प्रयोग गर्न निर्देशन दिएको हो। ग्राहकसँग पुराना चेकहरु भए ती चेकहरु कात्तिकपछिको छ महिनासम्म मात्र चल्ने छ। 
बैंकहरुले एमआइसिआर चेकहरु ग्राहकलाई उपलब्ध गराउनु पर्ने हुन्छ। पुरानो चेकहरु विद्युतीय राफसाफ नहुने भन्दै राष्ट्र बैंकले ग्राहकलाई यस बारेमा जानकारी गराउन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन पनि दिएको छ। 
 

Tata
GBIME
Nepal Life