चेम्बरको नयाँ कार्यसमितिले भेट्यो बाणिज्य र उद्योग मन्त्री, लगानीकर्ताको मनोबल बढाउन माग

बिजमाण्डू
२०७१ साउन १२ गते ००:०० | Jul 28, 2014
चेम्बरको नयाँ कार्यसमितिले भेट्यो बाणिज्य र उद्योग मन्त्री, लगानीकर्ताको मनोबल बढाउन माग


काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको नयाँ कार्यसमितिका पदाधिकारीले उद्योग मन्त्री र बाणिज्य तथा आपुर्तीमन्त्रीसँग छुट्टा छुट्टै भेग गरि समसामयिक विषयमा छलफल गरेका छन् । चेम्बर अध्यक्ष राजेशकाजी नेतृत्वको टोलीले उद्योग मन्त्री कर्णबहादुर थापासँग आर्थिक सम्बृद्धि हासिल गर्न निजी क्षेत्रले दिएका सुझाव कार्यान्वयन गरि लगानीकर्ताको मनोवल उच्च राख्न माग गरेको हो ।
श्रेष्ठले प्रस्तावित आर्थिक ऐनहरु छिटो ल्याउन, लचिलो श्रम नीति, गैर कर न्युनिकरण जस्ता विषयमा चासो दिन आग्रह गरे । भेटमा मन्त्री थापाले प्रस्तावित औद्योगिक व्यवसाय ऐनलाई लगानीमैत्री बनाउन अधिकतम प्रयास गर्ने बताए । साथै उनले विषेश आर्थिक क्षेत्र (सेज) सम्बन्धि ऐनलाई पनि आफुले उच्च प्राथमिकतामा राखेको जानकारी दिए ।
बाणिज्य तथा आपुर्ती मन्त्री सुनिलबहादुर थापासँगको भेटमा अध्यक्ष श्रेष्ठले व्यापारघाटा न्युनिकरणका लगानी विस्तारलाई प्राथमिकता दिन आग्रह गरे । निजी क्षेत्रको विकास तथा आर्थिक समृद्धिमा मुलुक केन्द्रित हुनु पर्ने बताउँदै श्रेष्ठले राजनीतिक अस्थिरता, श्रम तथा उर्जा समस्या लगायत विषयमा पनि मन्त्री थापाको ध्यानाकर्षण गराए । भारतसँग पारवहन सम्बन्धि व्यवस्था कार्यान्वयनका लागि प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण अवसरलाई उपयोग गर्न पनि उनले सुझाव दिए ।
मन्त्री थापाले व्यापार घाटा न्युनिकरणमा आफुले विषेश चासो दिने बताए । निजी क्षेत्रको प्रतिश्पर्धी क्षमता अभिबृद्धिका लागि वाणिज्य नीति २०६५ मा पुनरावलोकन जरुरी रहेको उनको भनाइ छ । दुबै भेटमा चेम्बरका निवर्तमान अध्यक्ष सुरेशकुमार बस्नेत, द्वितिय उपाध्यक्ष राजेन्द्र मल्ल, महासचिव कमलेशकुमार अग्रवाल, कोषाध्यक्ष राजेन्द्रप्रसाद अर्याल लगायत पदाधिकारी र कार्यसमिति सदस्य उपस्थित थिए ।

Tata
GBIME
Nepal Life