घिसिङको पुनर्वहाली गर्न स्थानीयले दिए पाँच दिने अल्टिमेटम, चिलिमेमा ताला, रसुवागढीमा काम ठप्प

बिजमाण्डू
२०७१ साउन १२ गते ००:०० | Jul 28, 2014
घिसिङको पुनर्वहाली गर्न स्थानीयले दिए पाँच दिने अल्टिमेटम, चिलिमेमा ताला, रसुवागढीमा काम ठप्प

काठमाडौं। चिलिमे जलविद्युत कम्पनी लिमिटेडको प्रबन्ध सञ्चालक कुलमान घिसिङलाई पाँच दिन भित्र पुनर्वाहाली गर्न स्थानीय वासिन्दाले अल्टिमेटम दिएका छन्। घिसिङको पुनर्वाहालीको माग राख्दै एक सातादेखि आन्दोलनरत स्थानीय वासीले आफ्नो माग सम्बोधन नभएको भन्दै सोमबार नेपाल विद्युत प्राधिकरणलाई पाँच दिने अल्टिमेटम दिएका हुन्।

निरन्तर शान्तिपुर्ण धर्ना र जुलुस प्रदर्शन गर्दै आएका स्थानीयहरुको माग सम्बोधन नभएपछि पाँच दिने अल्टिमेटम दिन बाध्य भएको स्थानीय दावा गोम्बो तामाङले बताए।

Tata
GBIME
Nepal Life

समस्या समाधान गर्दै आयोजनालाई तीब्र गति दिन सक्षम प्रबन्ध संचालक घिसिङको अवको पाँच दिन भित्रमा पुर्नहाली नभए चिलिमे जलविद्युत कम्पनी लिमिटेडको हेडवर्क्समा पानी कटौती गरी पावर प्लान्ट चल्न नदिनुका साथै यस चिलिमे जलविद्युत कम्पनीका मातहातमा संचालित सान्जेन (माथिल्लो ) तथा सान्जेन जलजिद्युत आयोजनाका साइटका सम्पुर्ण कामहरु सदाको लागि बन्द गर्ने चेतावनी स्थानीय वासिले दिएका छन्। स्थानीय बासिन्दाले सोमबार जारी गरेको विज्ञप्तिमार्फत घिसिङको पुनर्वाहाली नभए कुनैपनि हालतमा यी आयोजनाहरु बन्न नदिने चेतवानी दिएका हुन् ।

स्थानीय वासिन्दाको आन्दोलनका कारण रसुवागढी जलविद्युत आयोजनाको साइटमा भइरहेको सम्पुर्ण काम ठप्प भएको छ। घिसिङको पुर्नवहालीको निम्ति आन्दोलनरत टिमुरे, थुमन, स्याफ्रुबेसी, गोल्जुङ गात्लाङ र चिलिमे गाबिसका स्थानीयहरुले अझैसम्म घिसिङको पुर्नवहली नभएको भन्दै चिनिया ठेकेदारलाई काम गर्न रोक लगाएका हुन। उनीहरुले ठेकदारलाई विज्ञप्ति दिई अनिश्चित कालको लागि काम बन्द भएको घोषणा गरेका थिए।
यो कम्पनीको काम बन्द भएपछि चिलिमेले रसुवा जिल्लामा सञ्चालन गरेका सबै आयोजनाहरु ठप्प भएका छन्। आन्दोलनरत स्थानीय वासिन्दाले चिलिमे जलविद्युत गृहमा पुन अनिश्चित कालको लागि ताला बन्दी गरेका छन्।