कालिञ्चोक डेभलपमेन्टको साउन २१बाट आईपीओ, चार लाख ९० हजार कित्ता बिक्री हुने

बिजमाण्डू
२०७१ साउन १३ गते ००:०० | Jul 29, 2014
काठमाडौं। कालिञ्चोक डेभलपमेन्ट बैंकको साउन २१ गतेबाट प्राथमिक सेयर निष्कासन (आइपीओ) हुदैछ । बैंकले चार लाख ९० हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो । निष्कासन गर्न लागेको मध्ये नौं हजार आठ सय कित्ता कर्मचारी र २४ हजार पाँच सय कित्ता सामूहिक लगानी कोषको लागि छुट्याइएको छ । सामूहिक लगानी कोषलाई छुट्याएको सेयर सिद्धार्थ म्युचुअल फण्ड र नबिल म्युचुअल फण्डलाई बाँडफाँट गरिसकिएको छ । बैंकको सेयर मा न्युनतम ५० कित्ता देखि अधिकत्तम ५० हजार कित्ता सम्म सेयर माग्न सकिन्छ । 
बैंकको सेयर छिटोमा साउन २७ र ढिलोमा भदौं चार गतेसम्म बिक्री गरिने भएको छ । बैंकको सेयर बिक्री प्रबन्धकमा ग्रोमोर क्यापिटल रहेको छ । बैंकको सेयरमा कालिञ्चोककै सबै कार्यालय, बिक्री प्रबन्धक, शाइन रेसुंगा बिकास बैंक, सिद्धार्थ डेभलपमेन्ट बैंक, मुक्तिनाथ बिकास बैंक, एक्सेल डेभलपमेन्ट बैंक, साझा बिकास बैंक, काँक्रेबिहार बिकास बैंक, लक्ष्मी क्यापिटल र गुडविल फाइनान्सका कार्यालयहरुबाट आवेदन दिन सकिन्छ । 
असार २२ गते बैंकको आइपीओले धितोपत्र बोर्डबाट निष्कासन अनुमती पाएको हो । अंकित मूल्य एक सय रहने बैंकको सेयर निष्कासन पछि चुक्तापूँजी दश करोड रुपैयाँ पुग्ने छ । बैंकले आव २०७२/७३ पछि सात प्रतिशत लाभांश दिने प्रक्षेपण गरेको छ । बैंकको प्रकासित प्रक्षेपित वित्तिय विवरणमा दायित्व अन्तर्गत एकैचोटी यही बर्ष प्रस्तावित तथा भुक्तानी दिन बाँकी लाभांशमा ७० लाख रकम देखाएको छ । बैंकको सेयरले इक्रा नेपालबाट भने ग्रेड फोर रेटिङ पाएको थियो ।  
बैंकको सञ्चालकहरुमा बाल कृष्ण सिवाकोटी, रुद्रबहादुर खड्का, सुदर्शन कार्की लगायत छन । दोलखामा मूख्य कार्यालय रहेको यस बैंकको कार्य क्षेत्र तीन जिल्ला रहेको छ । 
गत आवको तेस्रो त्रैमाशमा १८ लाख ६२ हजार रुपैयाँ नाफा कमाएको बैंकको आव अन्त्यमा २० लाख १९ हजार नाफा पुग्ने देखाएको छ । बैंकको १६ करोड ९९ लाख निक्षेप र १५ करोड १४ लाख रुपैयाँ कर्जा पुग्ने प्रक्षेपण छ ।  आव २०६९/७० मा भने बैंकले १४ लाख नाफा कमाएको थियो । 
 
 

Tata
GBIME
Nepal Life