बजाजले ल्यायो १२५ सिसी क्षमताको नयाँ डिस्कभर, ७६ किलोमिटर माइलेज, मुल्य एक लाख ६७ हजार

बिजमाण्डू
२०७१ साउन १३ गते ००:०० | Jul 29, 2014
बजाजले ल्यायो १२५ सिसी क्षमताको नयाँ डिस्कभर, ७६ किलोमिटर माइलेज, मुल्य एक लाख ६७ हजार

काठमाडौं। बजाजको नयाँ डिस्कभर मोटरसाइकल नेपाली बजारमा भित्रिएको छ। बजाजको नेपालका लागि आधिकारिक विक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले १२५ सिसी क्षमताको नयाँ डिस्कभर बजारमा ल्याएको हो। यो मोटरसाइकल यस अघिको डिस्कभरका तुलनामा उत्कृष्ट भएको दावी गरिएको छ।

यो बाइक फो भल्भ डिटिएस प्रविधिमा बनेको हो। यो प्रविधिमा बनेका बाइकले तुलनात्मक रुपमा बढी पावर दिन्छन्। कम्पनीले सार्बजनिक गरेको डिस्कभरले अरु यही क्षमताका मोटरसाइकलको तुलनमा २० प्रतिसत बढी पावर दिने र २० प्रतिसत नै कम प्रदुषण गर्ने बताइएको छ। यसको अर्को विशेषता कम इन्धन खपत गर्नु हो। कम्पनीले जारी गरेको विज्ञप्ति अनुसार यो मोटरसाइकले प्रति लिटर ७६ किलोमिटर माइलेज दिन्छ। यो मोटरसाइकल प्रतिघण्टा एक सय किलोमिटरको स्पीडमा कुदाउन सकिन्छ। यो स्पीड लामो दुरीका लागि उपयुक्त हो।

Tata
GBIME
Nepal Life

डिस्कभरमा ११.५ पिएस पावरको इन्जिन छ भने पेटल डिस्क ब्रेक प्रयोग भएको छ। बाइकलाई आरामदायी बनाउन विशेष प्रकारको सक प्रयोग गरिएको जानकारी पनि कम्पनीले दिएको छ।

कम्पनीले ग्रीन सिल्भर, मजेन्डा सिल्भर डिकल्स, इलेक्ट्रोन ब्लु, प्लाटिनम सिल्भर र वाइन रेड कलरमा बाइक उपलब्ध छ। डिस्क बे्रक बाइकको मुल्य एक लाख ६७ हजार नौं सय र ड्रम ब्रेकको मुल्य एक लाख ६२ हजार नौं सय तोकिएको छ। कम्पनीले यो बाइकलाई जोस र होसको पर्फेक्ट कम्बिनेशन भएको दावी पनि गरेको छ।