जानकी फाइनान्सको नाफा १२५ प्रतिशतले बढ्यो, राइट ब्याक, व्याज आम्दानीमा वृद्धि नाफाको आधार

बिजमाण्डू
२०७१ साउन १३ गते ००:०० | Jul 29, 2014
काठमाडौं। गत आव २०७०/७१ मा जानकी फाइनान्सको नाफा अघिल्लो आवको तुलनामा १२४.९५ प्रतिशतले बढेको छ । अघिल्लो आवमा तीन करोड ९७ लाख रुपैयाँ नाफा कमाएको कम्पनीले गत आवमा भने आठ करोड ९५ लाख रुपैयाँ पुगेको छ । आम्दानीमा भएको वृद्धि, राइट ब्याक नै कम्पनीको नाफा वृद्धिको आधारको रुपमा देखिन्छ । 
कम्पनीको सञ्चालन नाफा एक सय ५१ प्रतिशतले बढेर चार करोड ८९ लाख पुगेको छ । कम्पनीले यस अघि सम्भावित जोखिम वापत छुट्याएको आठ करोड एक लाख रुपैयाँ फिर्ता भएको उल्लेख गरेको छ । कम्पनीको खुद व्याज आम्दानी र अन्य आम्दानी दुवै ३८ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको खुद व्याज आम्दानी बढेर १० करोड ७१ लाख रुपैयाँ पुगेको छ । कम्पनीको व्याजको लागत भने सामान्य घटेको छ । 
कम्पनीले गत आवको लागि भने सम्भावित जोखिम वापतको व्यवस्थामा रकम सामान्य बढेको छ । कम्पनीले गत आवमा सम्भावित जोखिम वापत पाँच करोड रुपैयाँ छुट्याएको छ । 
कम्पनीको निक्षेप वृद्धिको तुलनामा कर्जा वृद्धि दर बढि छ । कम्पनीको निक्षेप करिब १८.६ प्रतिशतले बढेर एक अर्ब २० करोड पुगेको छ भने कम्पनीको कर्जा २९.३२ प्रतिशतले बढेर ९१ करोड रुपैयाँ भएको छ । कम्पनीको कर्जा बिस्तारमा सुधार भएपनि कर्जा निक्षेप अनुपात भने घटेको छ । कम्पनीको यसअघि ६२ प्रतिशत रहेको कर्जा निक्षेप अनुपात बढेर ६० पुगेको छ । कम्पनीले राष्टङ बैंकले तोकेको कर्जा निक्षेपको सिमामा रहेर पनि थप पाँच करोड २६ लाख रकम कर्जा लगानी गर्न सक्दछ ।  
कम्पनीको रियल स्टेटमा कुल कर्जाको करिब तीन प्रतिशत मात्र लगानी रहेको छ । तर व्यक्तिगत आवास कर्जा भने यस्तो कर्जाको १० प्रतिशत छ । कम्पनीको प्रतिसेयर आम्दानी ६१.२, मूल्य आम्दानी अनुपात ८.१७ प्रतिशत, र प्रतिसेयर नेटवर्थ दुई सय ७२ रहेको छ । कम्पनीको सञ्चित तथा जगेडा कोष ९८ प्रतिशतले बढेर २५ करोड १५ लाख पुगेको छ । 
 

Tata
GBIME
Nepal Life