चिनीयाँ कम्पनी जियमी पूर्वमा एप्पलको जस्तै छवि बनाउँदै, भारतमै एक लाख फोन प्रि बुकिङ

बिजमाण्डू
२०७१ साउन १३ गते ००:०० | Jul 29, 2014
चिनीयाँ कम्पनी जियमी पूर्वमा एप्पलको जस्तै छवि बनाउँदै, भारतमै एक लाख फोन प्रि बुकिङ

एजेन्सी । चीनको जियमी कम्पनीको एमआई थ्री स्मार्टफोनका लागि भारतीय उपभोक्ताले उच्च चासो देखाएका छन् । मंगलबारसम्ममा क्रेजी भारतीयले फ्यानले इ कमर्स प्लाटफर्म फ्लिपकार्ट मार्फत एक लाख थान यो सस्तो स्मार्टफोन बुकिङ गरेका हुन् । जियमीले आफुलाई पुर्वको एप्पल कम्पनीको रुपमा चिनाउन थालेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
एमआई फोर सार्वजनिक गर्ने कार्यक्रममा कम्पनीका अध्यक्ष तथा सिइओ जुन लेइ एप्पलका स्टिभ जब्स जस्तै ढंगले प्रस्तुत भएका थिए । उनले जब्सको पहिचान बनेको ब्ल्याक टप र निलो जिन्स लगाएका थिए भने कार्यक्रम पनि एप्पलसँग धेरै मिल्दोजुल्दो थियो । एप्पलले नयाँ उत्पादन ल्याउँदा भन्ने गरेको ‘वान मोर थिङ्ग्स…’ समेत सियामीले उधृत गरेको थियो ।
कार्यक्रममा जुनले एमआई फोर कसलाई लक्षित होला भन्ने आशंका पनि बाँकी राखेनन् । ‘हाम्रा उत्पादन आईफोन भन्दा उत्कृष्ठ छन्’ उनलाई उधृत गर्दै रोयटर्सले लेखेको थियो । जियमीले आइफोन सरहको उत्पादन सस्तो मुल्यमा दिएको समेत दाबी गरेको छ । एमआई फोर (१६ जिवी) लाई चिनमा तीन सय २० अमेरिकी डलर पर्छ । जबकी त्यहाँ यो बर्षको सुरुमा आर्फफोन फाइभ एस सार्वजनिक हुँदा आठ सय ५४ अमेरिकी डलर मुल्य तोकिएको थियो ।
आईफोन स्तरको तर मुल्य आधा सस्तो भएकै कारण यो फोनमा भारतीय सर्वसाधारणको पनि चासो बढेको हो । यो साताको पुर्वाधमा १० हजार भारतीय उपभोक्ताले एमआई थ्री हात पारि सकेका छन् । यो फोनको भ्यालु, तौल र मुल्यप्रति यि उपभोक्ता सन्तुष्ट छन् । एमआई फोरको आधार मोडल भने एमआई थ्रीको तुलनामा करिब पाँच हजार पाँच सय भारु महङ्गो पर्ने जनाइएको छ । एमआई फोनको क्यामेरा सुपेरियर, र्याम ठुलो क्षमताको, प्रोसेर अझ फाष्ट र स्क्रिन रिजोलुसन बढि भएको कारण महङ्गो परेको हो ।
भारतीय बजारमा सम्पुर्ण फिचर सहित एमआई थ्रीको मुल्य १४ हजार भारु तोकिएको छ । प्रतिश्पर्धी भनिएको एप्पलको तुलनामा यो तीन गुणा सस्तो मुल्य हो । यो फोन सेटको लागि फ्रेन्जाइज्ड माग पनि एप्पल सरह नै छ । यो फोन हात पार्ने उपभोक्ताको खुसी थामिनसक्नु नै छ । दिल्लीको एक निजी कम्पनीका एक्जिक्युटिभ चन्दर शर्मा १४ हजारमा यो स्मार्ट फोन पाउँदा आफुलाई भाग्यमानी ठानेको बताउँछन् । भारतीय बजारको बढ्दो प्रतिकृयाबाट कम्पनी पनि उत्साहि देखिएको छ ।

Tata
GBIME
Nepal Life