सिम्रिक एयर हेलिकप्टर थप्दै, हेलिकप्टर संख्या तीन पुग्ने, एयरबससँग क्राफ्ट किन्ने सम्झाैता

बिजमाण्डू
२०७१ साउन १४ गते ००:०० | Jul 30, 2014
सिम्रिक एयर हेलिकप्टर थप्दै, हेलिकप्टर संख्या तीन पुग्ने, एयरबससँग क्राफ्ट किन्ने सम्झाैता


काठमाडौं। सिम्रिक एयरले आफ्नो उडानमा नयाँ हेलीकप्टर थप्ने तयारी पुरा गरेको छ। सिम्रिकले अमेरिकी निर्माता एयरबस हेलीकप्टरले निमार्ण गरेको एएस३५०बीको हेलिकप्टर थप्न लागेको हो।
सिम्रिक एयर र एयरबस हेलिकप्टर कम्पनीबीच अमेरिकामा गत १२ साउनमा सम्झौता भएको छ। कम्पनीका अध्यक्ष रामेश्वर थापा र एयरबस प्रतिनिधीबीच सम्झाैता सम्पन्न भएकाे हाे । सिम्रिक एयरका प्रबन्ध निर्देशक राजेन्द्रबहादुर सिंहका अनुसार नयाँ हेलिकप्टरले सिम्रिक एयरको बजार विस्तारमा सहयोग गर्नुको साथै संचालन क्षमता समेत अभिवृद्धि गर्ने छ। हाल सिम्रिक एयरले दुई वटा एएस३५०बी३ई को हेलिकप्टर संचालन गरिरहेको छ।

Tata
GBIME
Nepal Life