सिद्धार्थ लगानी वृद्धि योजनाको प्रतिइकाइ खुद सम्पती मूल्य २०.९९ पुग्यो, आम्दानी २७ % वृद्धि

बिजमाण्डू
२०७१ साउन १४ गते ००:०० | Jul 30, 2014
काठमाडौं। सिद्धार्थ लगानी वृद्धि योजना–१को प्रतिइकाई खुद सम्पती मूल्य १८.४९ रुपैयाँबाट बढेर असारमा २०.९९ रुपैयाँ पुगेको छ । निष्कासनको समयमा कम्पनीको प्रतिइकाइमा १० रुपैयाँको दरले लगानी गरेकाको प्रतिइकाइको मूल्य एक सय प्रतिशतभन्दा धेरैले बढेको छ । कम्पनीको आम्दानीमा वृद्धि भएपछि प्रति इकाइ खुद सम्पतीको मूल्य बढेको हो । 
सिद्धार्थ म्युचुअल फण्डको व्यवस्थापन रहेको यो योजनाको आम्दानी जेठको तुलनामा ३२ प्रतिशतले बढेको हो । योजनाले ५२ करोड ५२ लाख ६४ हजार रुपैयाँ आम्दानी गरेको छ । त्यस्तै, कम्पनीले प्राप्त नभइसकेको आम्दानी ४० करोड ७२ लाख रुपैयाँ रहेको उल्लेख गरेको छ । कम्पनीको यो अवधिमा ५१ कम्पनीमा सेयर लगानी रहेको छ । नियमित र सुरक्षित आम्दानीको स्रोतको रुपमा योजनाको रकम मध्ये पाँच करोड ४६ लाख रुपैयाँ बैंकमा निक्षेपको रुपमा, २० न्युन कारोबार हुने साना लगानी गरिएको छ । 
योजनाको रकमबाट सूचीकृत सेयरमा मात्रै ९७ करोड रुपैयाँ लगानी भएको छ । कम्पनीको खर्च भने एक करोड ९४ लाख रुपैयाँ रहेको छ । कम्पनीको खुद सम्पती १३ प्रतिशतले बढेर एक अर्ब चार करोड पुगेको छ ।   
 

Tata
GBIME
Nepal Life