कोरियामा काम गर्न जाने युवाका लागि १० र ११ असोजमा परीक्षा, राजधानीमा तीन ठाउँबाट आवेदन

बिजमाण्डू
२०७१ साउन १५ गते ००:०० | Jul 31, 2014
कोरियामा काम गर्न जाने युवाका लागि १० र ११ असोजमा परीक्षा, राजधानीमा तीन ठाउँबाट आवेदन

काठमाडौं । रोजगारीका लागि कोरिया जान चाहने युवा युवतीका लागि आउँदो १० र ११ असोजमा भाषा परिक्षा हुने भएको छ । वैदेशिक रोजगार विभाग अन्तर्गतको इपीएस कोरिया शाखाले परिक्षामा सामेल हुन चाहनेका लागि २८ देखि ३१ साउन सम्म आवेदन लिने जनाएको हो ।
यस अघि चार लटमा नेपाली युवा कोरिया कामका लागि गइ सकेका छन् । त्यसैले यसपटक पाँचौ इपिएस–टोपिक परिक्षाको तालिका सार्वजनिक भएको हो । यसपालि कोरिया जानेको कोटा पछि तय गर्ने जनाइएको छ । दुई सय पुर्णाङ्कको परिक्षामा प्राप्ताङ्क ५० तोकिएको छ । तर, कोटाको सिमा अनुसार धेरै अंक ल्याउनेको मात्र नाम निस्किेनछ । परिक्षा एक÷एक सय पुर्णाङ्कको सुनाइ र पढाइ माध्यमको हुनेछ ।
२९ असोजमा नजिता प्रकाशित गर्ने जनाइएको छ । भाषा परिक्षामा उच्चतम अंक ल्याउने परिक्षार्थीलाई सिप परिक्षामा सहभागि गर्ने र त्यसमा पनि उत्कृष्ठ हुनेलाई प्राथमिकताका साथ रोजगारी दिन सिफारिस गर्ने इपिएस कोरिया शाखाले जनाएको छ ।  उत्पादनमुलक क्षेत्र, कृषि तथा पशुपालनमा काम गर्न आवेदन दिन सकिनेछ ।
आवेदन फर्म राजधानीमा च्यासल फुटबल मैदान बालकुमारी, एक्मी इन्जिनियरिङ कलेज सितापाईला र ल्याबरोटरी उच्च मावि कीर्तिपुरमा बुझ्ने जनाइउको छ । काठमाडौं बाहिर भने धरान नगरपालीका आठ स्थित सभागृह, बुटवलको प्रदर्शनी मन्डप, पोखराको विन्ध्यवासिनी उच्च मावि र डडेलधुराको कर्मचारी मिलन केन्द्रमा पनि फर्म बुझाउन सकिनेछ । कोरिया जान इच्छुक युवाको संख्या अत्यधिक भएको हुँदा आवेदन लिने ठाउँ धेरै तोकिएको हो । चार दिन सम्म विहान नौ देखि साँझ छ बजे सम्म आवेदन फर्म लिने जनाइएको छ । १८ बर्ष उमेर पुगेर ३९ ननाघ्नेले आवेदन दिन पाउनेछन् ।

Tata
GBIME
Nepal Life