काठमाडौं। तीन संस्था मर्ज भएर बनेको रिलायबल डेभलपमेन्ट बैंकले शुक्रबारबाट औपचारिक रुपमा एकिकृत कारोबार सुरु गरेको छ। रिलायबल फाइनान्स, शुभलक्ष्मी फाइनान्स र नेपाल कन्जुमर डेभलपमेन्ट बैंक आपसमा गाभिएर रिलायबल डेभलपमेन्ट बैंक बनेको हो।
.jpg)
नयाँ बैंकको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडाले गरेका हुन्। राजधानीको ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको रिलायबल राष्ट्रियस्तरको विकास बैंक हो।
.jpg)
तीन संस्था गाभिएपछि बैंकको चुक्ता पुँजी ६८ करोड २७ लाख रुपैयाँ पुगेको छ। बैंकको निक्षेप चार अर्ब ६२ करोड रुपैयाँ र कर्जा लगानी तीन अर्ब ५० करोड रुपैयाँ छ। मर्जपछि बैंकको केन्द्रीय कार्यालयसहित शाखा संख्या १६ पुगेको छ।
.jpg)
बैंकले देशका विभिन्न स्थानमा शाखा सञ्चाल बढाउँदै लगेर ग्रामिण इलाकाहरुमा सेव विस्तार गर्ने जनाएको छ। बैंकले रिलायबल रेमिट नामक रेमिटेन्स सेवा पनि सञ्चालनमा ल्याएको छ। यसका करिव २६ सयभन्दा बढी एजेन्टहरु छन्। बैंकको सहायक कम्पनी रिलायबल माइक्रो फाइनान्स वित्तीय संस्था लमजुङको वेंशीशहरमा सञ्चालनमा छ।











