काठमाडौं। नमस्ते वित्तीय संस्थाले १० प्रतिशत बोनस सेयरको प्रस्ताव गरेको छ । गत आवमा ४६ लाख ३० हजार रुपैयाँ नाफा कमाएको कम्पनीको बोर्डले गत साउन २१ गते यस्तो प्रस्ताव गरेको हो ।
कम्पनीको हाल तीन करोड १२ लाख ५० हजार चुक्तापूँजी रहेको छ । कम्पनीको बोनस सेयर पारित भएका चुक्तापूँजी तीन करोड ४३ लाख रुपैयाँ पुग्ने छ । कम्पनीले २०७० जेठमा प्राथमिक सेयर निष्कासन गरेको थियो । कम्पनीले गत बर्ष पनि २५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश दिएको थियो ।
कम्पनीको गत साउन २१ गते सञ्चालक समितिको बैठकले यस्तो प्रस्ताव पारित गरेको भएपनि सुचना भने बुधवार मात्र नेप्सेको वेवसाइटमा प्रकासित भएको छ । नेप्सेले कम्पनीहरुलाई सेयर मूल्यलाई प्रभव पार्ने निर्णय बजार खुल्नु अघि नै वा बजार बन्द भएपछि नै गर्न तथा नेप्सेलाई जानकारी गराउन निर्देशन दिदै आएको थियो ।











