कोरियन भाषा परीक्षाको फारम बुझाउने माथि लाठी चार्ज, लाइन व्यवस्थित नभएपछि प्रहरी हस्तक्षेप

बिजमाण्डू
२०७१ साउन २८ गते ००:०० | Aug 13, 2014
कोरियन भाषा परीक्षाको फारम बुझाउने माथि लाठी चार्ज, लाइन व्यवस्थित नभएपछि प्रहरी हस्तक्षेप


काठमाडौं :
कोरियन भाषा परीक्षाको आवेदन दिन ललितपुरको च्यासल खेल मैदानमा लाइनमा बसेका युवाहरुबीच तँछाडमछाड भएपछि प्रहरीले बलप्रयोग गरेको छ।

Tata
GBIME
Nepal Life

ललितपुरको बालकुमारीस्थित च्यासल फुटबल खेलमैदानमा लाइनमा अघि पुग्न तँछाडमछाड भएपछि प्रहरीले लाठी चार्ज गरेको आवेदन दिन पुगेका ध्रुव सिग्देलले बताएकाे पहिलाेपोस्ट अनलाइनले जनाएकाे छ ।

‘हामी लाइनमा छौँ। पछि आउनेले लाइन मिच्न खोजेपछि पुलिसले लाठीचार्ज गरेको छ’, सिग्देलले भने, ‘केहीबेर भागाभाग पनि भयो। केही साथीहरु घाइते छन्।‘

आवेदन बुझाउन ६ वटा लाइनको व्यवस्था गरिएपनि व्यवस्थापनको अभावमा अस्तव्यस्तता बढेको हो। आवेदन बुझाउन करिव तीन हजार युवा च्यासलमा छन्।

प्रहरीले लाठीचार्ज गरेपछि युवाहरुको भागाभाग भएको थियो। लाइन व्यवस्थित बनाउन मंगलबार नै कुपन दिइएको भएपनि कतिपय युवा बिनाकुपन नै लाइनमा छिर्न खोजेपछि तनाव भएको सिग्देलले बताए।  

सरकारले बुधबारबाट रोजगार अनुमति प्रणाली (इपिएस) कोरियन भाषा परीक्षाको आवेदन खुला गरेको हो। कोरियामा इपीएस अन्तर्गत काम गर्न कोरियन भाषा परीक्षा अनिवार्य पास गर्नुपर्छ।

काठमाडौं उपत्यकाका तीनसहित देशभरका सात स्थानबाट आउँदो शनिवारसम्म आवेदन फारम बुझाउन सकिन्छ।

काठमाडौंमा कीर्तिपुरस्थित ल्याबरोटरी स्कुल, सीतापाइलास्थित एक्मी इन्जिनियरिङ कलेज र ललितपुरस्थित च्यासल फुटबल खेलमैदानमा आवेदन फारम बुझाउने स्थल तोकेको छ। 

काठमाडौंबाहिर धरान, पोखरा र बुटवलमा आवेदन बुझाउन सकिन्छ।