कम्पनी सञ्चालक समितिले गरेको लाभांस प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्विकृति दिनु पर्छ। त्यसपछि बार्षिक साधारणसभाले अनुमोदन गरेपछि लगानीकर्ताले लाभांस पाउने छन्।
कम्पनीको अहिले चुक्ता पुँजी ३५ करोड रुपैयाँ छ। वोन सेयर वितरणपछि पुँजी तीन करोड ५० लाख रुपैयाँले बढ्ने छ। कम्पनीले गत बर्ष आठ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
कम्पनीको पुँजी कोष अनुपात १४.५२ प्रतिशत छ भने खराव कर्जा ०.५४ प्रतिशत छ। कम्पनीको प्रति सेयर आम्दानी २४ रुपैयाँभन्दा वढी छ।











