वाणिज्य बैंकमा बढ्दो तरलता व्यवस्थापन चुनौतीपूर्ण बन्दै

बिजमाण्डू
२०७१ भदौ १ गते ००:०० | Aug 17, 2014
वाणिज्य बैंकमा बढ्दो तरलता व्यवस्थापन चुनौतीपूर्ण बन्दै

बिजयराज खनाल/बिजमाण्डू
काठमाडौं । वाणिज्य बैंकहरुमा बढ्दो तरलताको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएपछि त्यसको प्रभाव उनीहरुको नाफामा देखिएको छ । सञ्चालनमा रहेका ३० मध्ये शनिवारसम्ममा वित्तीय विवरण प्रकासित गरेका २८ वाणिज्य बैंकको कुल नाफा सात प्रतिशतमा सिमित भएको छ । हिमालयन र राष्ट्रिय बाणिज्य बैंकले अहिलेसम्म विवरण सार्वजनिक गरेका छैनन् ।

Tata
GBIME
Nepal Life

बैंकहरुको कुल व्याज आम्दानीको वृद्धि कम भएपछि यसको प्रभाव नाफामा परेको हो । अघिल्लो बर्ष १६ अर्ब ७५ करोड रुपैयाँ नाफा कमाएका २८ वाणिज्य बैंकको नाफा बढेर १७ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकको व्याज आम्दानी ३७ अर्ब ९२ करोड रुपैयाँबाट करिब छ प्रतिशतले बढेर ४० अर्ब २० करोड रुपैयाँ पुगेको छ ।

एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौड्यालले व्यवसायको आकार गत बर्षभन्दा २० प्रतिशत वृद्धि भए पनि व्याज आम्दानी भने पाँच प्रतिशतभन्दा कम छ । बढ्दो तरलताको व्यवस्थापन हुन नसकेकोले समस्या देखिएको उनले बताए ।

सिईओ पौड्यालले भने, बैंकहरुले तरलता व्यवस्थापन गर्न कडा प्रतिस्पर्धा गनुपरेको छ, उनीहरुले कतिपय लोन प्रडक्टको व्याजदर सातदेखि साढे सात प्रतिशतसम्म बनाएका छन । त्यस्तै, तरलता व्यवस्थापनको लागि निक्षेपको व्याजदर पनि घटाउन थालेका छन, अर्काे तर्फ बैंकसंग २० प्रतिशत निक्षेप आइडल रहन्छ, त्यसको लगानी गर्न आवश्यक उपकरण छैन ।

बाणिज्य बैंककाे चाैथाे त्रैमासकाे विवरण
Bank Reserve Total deposit Loan and advance Net interest income Operating profit Net profit Provision Write Back
Global IME 2218644 52292058 43001398 1756976 1028410 1007459 331938 410949.0
NMB 834140 27087258 20467041 789283 552081 410060 113305 205155
NCC 1160611 22256871 17873173 783543 360313 368578 164943 186551
EBL 4447904 62108136 48450305 2918815 2420315 1549699 73725 7476
BoK 1898789 34115671 28866771 1218931 771906 514358 123481 43836
Citizens 839154 27963455 23173657 1072888 538499 561269 437769 287089
Lumbini 757661 17252359 14247139 532089 220653 243252 161675 150341
SBI 2071736 54492994 35279583 1745044 1358470 922984 82967 71810.0
Nabil 5965117 75388791 56203076 3696413 3549363 2319631 237955 14667.0
NIBL 4826636 73831376.00 53458470.00 2995804.00 2738380.00 1950800.00 430508.00 309959.0
Kist -815833 19835166 13732575 729135 -599328 -240612 926200 222718
Century 237223 18393723 15045412 427797 175202 139507 128076 28825
Siddartha 1479763 35408654 27330868 1348913 974423 796578 278763 266403.0
Laxmi 1244231 30584876 23096491 822829 661186 471851 73655 53741
Machhapuchare 768595 37132093 29541409 1116792 572995 450713 170708 180746
Mega 432295 17147649 14496326 821223 481846 310191 126613 4064
janata 150382 18442154 15985249 537889 123967 88171 131987 3202
SCB 3934596 46298532 26328361 2007659 2043153 1377472 84395 63531
ADB 6095575 65828329 57505271 4592301 816012 1509462 619951 615260
Prime  1083556 34063198 27231857 1059880 862420 632373 184660 131309
Kumari 1169283 27578376 22808503 835450 469293 340909 234437 72191
sanima 660309 24841663 20411444 818718 695553 453878 55212 1527
NIC Asia 2891330 44982855 36311344 1798223 1157227 814706 322779 134893
Sunrise 522510 26616403 20030432 1095135 402668 308014 374298 93511
Grand -1423613 21201233 15149947 385192 -1653932 -1606574 1930634 52754
Nepal bank -2598953 69340794 41195986 2824300 700307 1235919 200551 434329
Civil 386510 22034290 18670148 612776 153546 246228 267525 232371
NBB 2145225 25800249 19051314 856282 591868 782144 315691 316471

यही साउनदेखि राष्ट्र बैंकले निक्षेप र कर्जाको व्याजदर बीचको अन्तर (स्प्रेडदर) घटाएर पाँच प्रतिशतमा सिमित राख्नुपर्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले यस्तो व्यवस्था लागू नगरे पनि तरलता व्यवस्थापन चुनौंतीपूर्ण बन्दै गएपछि बैंकहरुको स्प्रेड दर स्वतः घट्न थालेको उनले बताए ।

अघिल्लो बर्ष यी कुल बैंकको कर्जा निक्षेप अनुपात ७४.७७ प्रतिशत रहेकोमा यस बर्ष यस्तो अनुपात ७६ प्रतिशत पुगेको छ । तर पनि बैंकहरुले राष्ट्र बैंकले तोकेको कर्जा निक्षेप अनुपात ८० प्रतिशतमा सिमित राख्दा पनि ४० अर्ब ९१ करोड लगानी गर्न सकेका छैनन ।

त्यस्तै, बैंकहरुले राखेको कुल निक्षेपको २० प्रतिशत रकम अर्थात् दुई खर्ब छ अर्ब रकम सरकारी ऋणपत्र तथा अन्तर बैंक कर्जाको रुपमा लगानी गर्न सक्छन । तर दुवै उपकरणले अहिले ठूलो प्रतिफल दिन नसकेको पौड्यालले स्पष्ट पारे ।

२८ मध्ये दुई बैंक नोक्सानमा छन्, पाँच बैंकको नाफा घटेको छ । ग्राण्ड बैंक एक अर्ब ६० करोड नोक्सानमा छ, त्यसैगरी किष्ट बैंक २४ करोड रुपैयाँ नोक्सानमा छ । बैंक अफ काठमाण्डु, जनता, कृषि बिकास, सनराइज बैंकको नाफा एकदेखि ७० प्रतिशतसम्म घटेको छ । एनसीसी, एभरेष्ट, नबिल, नेपाल इन्भेष्टमेन्ट, नेपाल बंगलादेश बैंक गरि पाँच बैंकको नाफा छ प्रतिशतभन्दा कम छ ।

सानिमा बैंकका प्रमूख कार्यकारी अधिकृत भुवनकुमार दाहालले यसपटक रियल स्टेटको कारोबार केही बढेकोले लोन रिकभर हुन सकेकाले बैंकहरु नाफामा देखिएको बताए । उनले भने, रियल स्टेटको रिकभर नभएको भए समस्या पर्ने थियो ।’

अहिले अधिकांश बैंकहरुले सम्भावित जोखिममा राख्नुपर्ने रकम कम भएकोले नाफामा सुधार भएको उनले जानकारी दिए । तर व्याजदर घटेकाले लगानीकर्ताको कर्जा लिने क्षमता बढेको र यसले खराब कर्जामा सुधार देखिएको एनएमबीका पौड्यालले बताए ।

बैंकहरुको अघिल्लो बर्षको तुलनामा गत आर्थिक बर्षमा राइटब्याक चार प्रतिशतले घटे पनि यो रकम चार अर्ब ५९ करोड रुपैयाँ छ । बैंकहरुको प्रोभिजनिङ पनि चार प्रतिशतले घटेर आठ अर्ब ५८ करोडमा सिमित छ । बैंकहरुको कुल कर्जामा खराब कर्जाको अनुपात औसतमा ३.२७ प्रतिशत छ भने खराब कर्जा वापत औसतमा तीन सय ६१ प्रतिशत रकमको व्यवस्था गरेका छन ।

दाहालले बैंकहरुको पूँजी (चुक्तापूँजी र सञ्चिती)को वृद्धि दर उलेख्य भए पनि नाफा बढ्न नसक्नुले पूँजी व्यवस्थापन चुनौती बनिरहेको बताए । बैंकहरुको चुक्ता पूँजी आठ प्रतिशतले बढेर ८२ अर्ब ३३ करोड रुपैयाँ र सञ्चिती ६२ प्रतिशतले बढेर ४३ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ ।

राष्ट्र बैङ्कले तोके अनुसार कुमारी बैंक, लक्ष्मी बैंक, सिद्धार्थ बैंक, लुम्बिनी बैंक, एनसीसी बैंक, एभरेष्ट बैंक र बैंक अफ काठमाण्डूको यो अवधिमा चुक्तापूँजी दुई अर्ब रुपैयाँ पुगेको छैन । बैंकहरुको निक्षेप १९ प्रतिशत र कर्जा २१ प्रतिशतले बढेको छ । बैंकहरुको निक्षेप १० खर्ब ३२ अर्ब रुपैयाँ र कर्जा सात खर्ब ८४ अर्ब रुपैयाँ छ ।

बैंकहरुको रियल स्टेटमा भने कर्जा  लगानी बढ्न सकेको छैन । अघिल्लो आवको तुलनामा गत आवमा बैंकहरुको यस्तो कर्जा २.१६ प्रतिशतले घटेर ५२ अर्ब ७७ करोड रुपैयाँमा सिमित भएको छ ।

त्यस्तै सेयरको धितोमा दिइने कर्जा (मार्जिन लेण्डिङ) पनि ८२ प्रतिशतले वृद्धि भएर १० अर्ब २२ करोड रुपैयाँ पुगेको छ । कुल कर्जामा बैंकहरुको रियल स्टेटमा ६.७२ प्रतिशत र मार्जिन लेण्डिङमा १.३० प्रतिशतले लगानी बढेको छ ।

बैंकहरुको सञ्चालन नाफा नौं प्रतिशतले बढेर २२ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । ग्राण्ड बैंकको सञ्चालन नोक्सान एक अर्ब ६५ करोड रुपैयाँ रहेको छ । त्यस्तै, छ बैंकको सञ्चालन नाफा घटेको छ ।

बैंकहरुको औसतमा पूँजी पर्याप्तता कोष अनुपात भने १२.३८ प्रतिशत छ । किष्ट, ग्राण्ड, नेपाल बैंक, माछापुच्छ्रे र एनएमबीको यस्तो अनुपात ११ प्रतिशतभन्दा कम छ । बैंकहरुले कर्जा प्रवाहको लागि दिने आधार व्याजदर औसतमा ८.४४ प्रतिशत छ ।

बैंकहरुको कर्जा निक्षेप बीचको व्याज अन्तर दर (स्प्रेड दर ) औसतमा ४.५९ प्रतिशत छ । स्ट्याण्डर्ड चार्डर्ड र कृषि बिकासको यस्तो दर छ प्रतिशतभन्दा बढि छ । बैंकहरुको सेयर प्रतिफल (रिर्टन अन इक्विटी) नकारत्मक रहको दुई बैंक किष्ट र ग्राण्ड बैंक अलग्याउँदा अन्यको औसतमा १५.४४ छ ।