सिजी इलेक्ट्रोनिक्सले खोल्यो नक्सालमा नेपालकै ठुलो डिजिटल स्टोर, सुरुमा १० प्रतिसत छुट

बिजमाण्डू
२०७१ भदौ १ गते ००:०० | Aug 17, 2014
सिजी इलेक्ट्रोनिक्सले खोल्यो नक्सालमा नेपालकै ठुलो डिजिटल स्टोर,  सुरुमा १० प्रतिसत छुट

काठमाडौं। चौधरी समुहको सिजी इलेक्ट्रोनिक्सले नक्सालमा नयाँ डिजिटल तथा कन्जुमर इलेक्ट्रोनिक्स स्टोर स्थापना गरेको छ। यो नेपालकै ठुलो डिजिटल स्टोर रहेको कम्पनीले दाबी गरेको छ। चौधरी समुहका अध्यक्ष विनोद चौधरीले स्टोर उद्घाटन गरे।

Tata
GBIME
Nepal Life

नक्साल स्थित भाटभटेनी सुपरस्टोरको अगाडी खोलिएको सिजी इलेक्ट्रोनिक्सको पाचौँ आउटलेट हो। स्टोरमा अडियो भिजुअल, साना–ठुला होम अप्लाइन्सेस लगायत सबै खाले कन्जुमर इलेक्ट्रोनिक्स ब्रान्ड उपलब्ध छन्।

एलजी, सिजी, तोसिबा, गोद्रेज, टिसिएल, केल्भिनेटर, केन्ट तथा रिको लगायत चौधरी समुहले बिक्री सबै इलेक्ट्रोनिक्स उपकरण स्टोरमा बिक्रीका लागि राखेको कम्पनीले जनाएको छ। त्यस बाहेक एलजी, सामसुङ, लाभा, जोलो, इन्टेक्स, माइक्रोम्याक्स, नोकिया, कार्बन, कलर्स लगायतका मोवाइल फोन पनि त्यहाँ उपलब्ध छन्।

स्टोर सातै दिन विहान १० देखि राती साढे आठ बजे सम्म खुल्ने तथा सिजीडिजीटल डट कम मार्फत स्टोरबारे २४ सै घण्टा जानकारी लिन सकिने कम्पनीले जनाएको छ। उपभोक्तालाई विषेश सपिङ प्ल्याटफर्म दिन स्टोर सञ्चालन गरेको जनाइएको छ। २० भन्दा बढि ब्रान्डका विद्युतीय उपकरण पाइने स्टोर आठ हजार बर्गफिट क्षेत्रफलमा फैलिएको छ।

स्टोर उद्घाटनको अवसर पारेर कम्पनीले निश्चित समयका लागि १० प्रतिशत फ्ल्याट डिस्काउन्ट योजना ल्याएको छ। साथै पाँच प्रतिशत नगद फिर्ता समेत दिने जनाएको छ। स्टोरमा सामान खरिद गर्नेलाई निशुल्क होम डेलिभरी, आवश्यक उपकरण निशुल्क इन्ष्टलेसन तथा सरल किस्ताबन्दिमा समेत दिने जनाइएको छ।