त्रिवेणी बिकासको १० प्रतिशत बोनस, १०.७५ प्रतिशत नगद लाभांश घोषणा, चुक्तापूँजी ४० करोड पुग्ने



बिजमाण्डू
२०७१ भदौ २ गते ००:०० | Aug 18, 2014
काठमाडौं। त्रिवेणी बिकास बैंकको साउन २९ गते बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस र १०.७५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको यो निर्णय साधारण सभा र राष्ट्र बैंकले पारित गर्न बाँकी छ । 
हाल ३७ करोड एक लाख रुपैयाँ चुक्तापूँजी रहको बैंकको बोनस लाभांश पारित भएमा चुक्तापूँजी ४० करोड ७१ लाख रुपैयाँ पुग्ने छ । बैंकले गत अवमा नौं करोड २५ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकको अन्तिम सेयर मूल्य दुई सय ६६ रुपैयाँ रहेको छ । 

Tata
GBIME
Nepal Life