ग्रान्डको घाटा ‘क्यास होइन बुक लस’ मात्र, छ महिनामा पुँजीकोष पुर्याउने नयाँ सिइओको प्रतिबद्धता

बिजमाण्डू
२०७१ भदौ ३ गते ००:०० | Aug 19, 2014
ग्रान्डको घाटा ‘क्यास होइन बुक लस’ मात्र, छ महिनामा पुँजीकोष पुर्याउने नयाँ सिइओको प्रतिबद्धता
प्रभात भट्टराई/बिजमाण्डू
काठमाडौं। गत बर्ष ४.७५ प्रतिशत नगद लाभांश वितरण गरेको ग्राण्ड बैंक नेपालले डेढ अर्ब रुपैयाँभन्दा बढि घाटामा गएको बार्षिक विवरण सार्वजनिक गरेको छ। अघिल्लो त्रैमास (चैत मसान्त) सम्म नाफामा गएको बैंक त्यसको तीन महिना नबित्दै यति ठूलो घाटामा गएपछि वित्तीय तथा व्यवसायिक क्षेत्रमा ठूलै चर्चा भइरहेको छ।
 
विजनेश डुबेर बैंकले घाटा व्यहोरेको होइन, ऋण डिफल्ट भएर घाटा भएको हो। सबैजसो ऋणमा पर्याप्त धितो रहेको हुँदा एक बर्षभित्र बैंकको वासलात सुध्रिन्छ ।

बैंकमा नयाँ व्यवस्थापन आएसँगै सार्वजनिक भएको घाटाको वासलातले तत्कालिन व्यवस्थापक, सञ्चालक समितिप्रति मात्र होइन गत बर्ष लाभांस स्विकृत गर्ने नियामक निकाय नेपाल राष्ट्र बैंकको सुपरिवेक्षकीय क्षमतामाथि पनि प्रश्न उठेको छ। 
 
जटिलतातर्फ धकेलिएका धेरै कर्जालाई नवीकरण गर्दै थेगेर ल्याउँदा बैंक अहिलेको अवस्थामा पुगेको हो। बैंकका प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर क्षेत्री भन्छन्, 'विजनेश डुबेर बैंकले घाटा व्यहोरेको होइन, ऋण डिफल्ट भएर घाटा भएको हो।' सबैजसो ऋणमा पर्याप्त धितो रहेको हुँदा एक बर्षभित्र बैंकको वासलात सुधार्ने उनी बताउँछन्।
 
गत असार मसान्त सम्मको विवरण अनुसार ग्राण्ड बैंकले एक अर्ब ६० करोड ६५ लाख रुपैयाँ घाटा ब्यहोरेको छ। नेपाल राष्ट्र बैंकले स्विकृती दिएको अघिल्लो आवको विवरण अनुसार २० करोड पाँच लाख ३४ हजार खुद मुनाफा आर्जन गरेको थियो। यसैबाट बैंकले सेयरधनीलाई लाभांश वितरण गरेको थियो।
 
तर, पछिल्लो विवरणले पुरानो नाफानै विश्वासिलो थिएन भन्ने शंका उब्जिएको छ। अघिल्लो आवमा ३.५२ प्रतिशत रहेको खराब कर्जा अहिले १९.०९ प्रतिशतमा पुगेको छ। अर्थात् गत असार मसान्तमा बैंकले एक अर्ब ९३ करोड रुपैयाँ बराबर कर्जालाई खराब सूचीमा राखेको छ। बैंकको पुँजी पर्याप्तता अनुपात समेत चार प्रतिशतमा झरेको छ, जबकी यो १० प्रतिशतमाथि रहनु पर्ने अनिवार्य सर्त हो।
 
किन यस्तो भयो?
आर्थिक बर्षको उत्तरार्द्धमा सिइओ नियुक्त भएका क्षेत्रीले टालटुले पाराले बैंक चलाएर क्षणिक मुनाफा देखाउन् चाहेनन्। लामो समयदेखि नवीकरण मात्रैं हुँदै आएका कर्जालाई उनले चुक्ता गराउने, नभए खराब सूचीमा राखेर कारबाहीको प्रकृया अघि बढाउने निधा गरे। फलस्वरुप १५ अर्ब १४ करोड रुपैयाँ कुल ऋणमध्ये १९ प्रतिशतभन्दा बढि खराब सूचीमा चढ्यो। 

क्षेत्रीका अनुसार, कुल खराब कर्जाको ७० प्रतिशत ४०/४२ जना ठुला ऋणीसँग छ। त्यसमा पनि धेरै जसो रियलस्टेटमा गएको कर्जा छ। अहिले आफुले यहि ऋण उठाउन प्राथमिकता दिएको र छ महिना भित्र पुँजीकोष सकारात्मक बनाउने लक्ष लिएको उनले बताए। 
 
केही गरी ऋणीले पैसा भुक्तानी नगरे धितो बिक्री गरि ऋण उठाउने अभियानमा क्षेत्री जुटेका छन्। ग्रान्ड बैंकबाट गएको ठुलो कर्जा मध्येको अग्नी एयरको ऋण यहि प्रकृयाबाट सल्टाउने प्रयास भइरहेको छ। त्यस बाहेक अरु परियोजनाको कर्जा पनि यसैगरि सुधार्ने नयाँ सिइओको योजना छ।
 
विकास बैंकको रुपमा १३ बर्षअघि स्थापना भइ २०६३ को परिवर्तन पश्चात बाणिज्य बैंकमा ग्रान्ड बैंक स्तरोन्ती भएको थियो। 
 
नयाँ व्यवस्थापनले बैंकलाई व्यवसायिक गति दिने प्रयास थाल्दा एकै पटक यति धेरै कर्जा खराबमा परिणत भएको हो। बैंकको स्पिरिट बदल्न क्षेत्रीले कर्मचारीहरुलाई हरेक बिहान तालिम नै सुरु गरेका छन्। दुई बर्षसम्म बैंक नेतृत्वबाट अलग रहेर नेपाल बैंकिङ ट्रेनिङ इन्ष्टिच्युटको प्रशिक्षक रहेका क्षेत्री अहिले आफ्नै कर्मचारीका लागि समेत कार्यलयमा वोस र विहान/विहान गुरुको रुपमा पढाइ रहेका छन्। 
 

Tata
GBIME
Nepal Life