सानिमा बैंकको आँखा शिविर धादिङमा, ४२० जनालाई निशुल्क आँखाको परीक्षण र औषधि वितरण

बिजमाण्डू
२०७१ भदौ ४ गते ००:०० | Aug 20, 2014
सानिमा बैंकको आँखा शिविर धादिङमा, ४२० जनालाई निशुल्क आँखाको परीक्षण र औषधि वितरण


Tata
GBIME
Nepal Life

काठमाडौं। सानिमा बैंकले श्रीकृष्ण जन्माष्टमीको अवसरमा जिल्ला सामुदायिक आँखा केन्द्र धादिङसँगको सहकार्यमा आफ्नो शाखा कार्यालयमा निःशल्कु आँखा शिविर सम्पन्न गरेको छ। कार्यक्रममा बंैकका कर्मचारी, ग्राहकवर्ग तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रह्यो। ४२० जनाभन्दा बढी व्यक्तिहरुलाई निःशुल्क आँखा परिक्षण सेवा तथा औषधि वितरण गरियो।

सानिमाले सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा यस्ता थुप्रै क्रियाकलापहरु गर्दै आएको छ र आगामी दिनहरुमा पनि आफ्ना अन्य शाखाहरुबाट सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरु आयोजना गर्ने लक्ष्य लिएको छ।