गरिमा बिकास बैंकले २० प्रतिशत बोनस सेयर दिदै, चुक्तापूँजी ४४ करोड ८८ लाख रुपैयाँ पुग्ने

बिजमाण्डू
२०७१ भदौ ४ गते ००:०० | Aug 20, 2014
काठमाडौं। गरिमा बिकास बैंकको भदौं दुई गते बसेको सञ्चालक समितिको बैठकले २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ । बैंकको गत आवमा ६८ प्रतिशतले नाफा बढेर १० करोड २७ लाख २६ हजार रुपैयाँ पुगेको छ । बैंकको लाभांश प्रस्ताव राष्ट्र बैंक र बैंकको आफ्नो बार्षिक साधारण सभाले पारित गर्न बाँकी छ । 
बैंकको प्रस्ताव पारित भएमा चुक्तापूँजी ४४ करोड ८८ लाख रुपैयाँ रुपैयाँ पुग्ने छ । बैंकको हाल ३७ करोड ४० लाख रुपैयाँ चुक्तापूँजी रहेको छ । बैंकको सञ्चित तथा जगेडा कोष पनि ६१ प्रतिशतले बढेर १५ करोड २१ लाख रुपैयाँ पुगेको छ । यसअघिको बर्ष बैंकले दुई बराबर एक अनुपातमा हकप्रद सेयर र २० प्रतिशत नै बोनस सेयर दिएको थियो । 
 

Tata
GBIME
Nepal Life