सिभिल मल सपिङ कार्निभलमा श्रेष्ठले जिते टिभिएस स्कुटर, योजना अवधिमा १७ हजार कुपन

बिजमाण्डू
२०७१ भदौ ४ गते ००:०० | Aug 20, 2014
सिभिल मल सपिङ कार्निभलमा श्रेष्ठले जिते टिभिएस स्कुटर, योजना अवधिमा १७ हजार कुपन


काठमाडौं । सिभिल मल सपिङ कार्निभलमा पुष्पचरण श्रेष्ठले टिभिएसको स्कुटर जितेका छन् । सिभिल मलले आफ्नो प्रवद्र्धन गर्न पुरस्कार योजना राखेको थियो । सिन्धुपाल्चोकका श्रेष्ठले टिभिएसको जुपिटर स्कुटर जितेका हुन् ।
हजार रुपैयाँभन्दा बढीको सामाग्री किन्नेलाई हजार रुपैयाँको कुपन प्रदान गरिएको थियो । कुपनमा साप्ताहिक लक्कि ड्र समेत गरिएको कम्पनीले जारी प्रेस विज्ञप्तिमा छ ।
योजनामा उपभोक्ताले एलइडि टेलिभिजन, डिजिटल क्यामेरा, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर्स, सिनेमा टिकट लगायतका उपहार प्राप्त गरेका थिए । योजना अवधिमा १७ हजारभन्दा बढी कुपन वितरण गरिएको कम्पनीले जानकारी दिएको छ ।

Tata
GBIME
Nepal Life