दुई दिनमा सुन तोलाको छ सय रुपैयाँले सस्तियो, तोलाको ५३ हजार छ सय, चाँदीको मूल्य स्थिर

बिजमाण्डू
२०७१ भदौ ५ गते ००:०० | Aug 21, 2014
काठमाडौं। दुई दिनमा सुन तोलाको छ सयले सस्तो भएको छ । तोलाको ५३ हजार छ सय रुपैयाँमा प्रतितोला सुनको कारोबार भइरहेको छ । बुधवार दुई सयले सस्तिएको सुन बिहीवार चार सयले मूल्य घट्यो । 
भारतीय बजारमा पनि प्रतिऔंस सुनको मूल्य दुई सय भारुले सस्तिएको छ । करिब १२ बजे त्यहा प्रतिऔंस सुनको कारोबार २८ हजार भारुमा भइरहेको छ । अन्तर दिनकै कारोबारमा पनि सुनको मूल्यमा उच्च उतारचढाव देखिएको छ । अमेरिकाको केन्द्रीय बैंक फेडको गत जुलाई मा भएको बैठकको माइनुट सार्वजनिक हुनु अघि बजारमा मनोबैज्ञानिक प्रभाव परेको सञ्चार माध्यमहरुले उल्लेख गरेको छ । त्यस्तै, प्रति औंस सुनको मूल्यको १३ सय डलरको बिन्दुलाई पनि मनोवैज्ञानिक तह मानिएको उल्लेख छ । 
घरेलु बजारमा चाँदीको मूल्य भने स्थिर छ । चाँदी तोलाको आठ सय रुपैयाँमा किनबेच भइरहेको छ । 

Tata
GBIME
Nepal Life