नेप्सेमा वियरिस ट्रेण्ड ४० मिनेट पनि टिकेन्, २५ अंक झरेपछि फर्कियाे, तीन अंकले बढेपछि बजार बन्द

बिजमाण्डू
२०७१ भदौ ५ गते ००:०० | Aug 21, 2014
काठमाडौं। राष्ट्र बैंकको बुधवारको सर्कुलरले गर्दा बिहानी सत्रमा बजार घट्यो । सेयर बिक्री गर्ने लगानीकर्ता धेरै भए । तर धेरै लगानीकर्ता बजार अझै घट्छ र सेयर उठाउला भन्ने दाउमा थिए । यस्तो दाउमा बस्ने प्राय पुराना लगानीकर्ताहरु हुन । जहा नया लगानीकर्ता डराएर सेयर बेचीरहेका थिए त्यही पुराना लगानीकर्ता भने सेयर किन्ने दाउ खोजिरहेका थिए । बजारमा मोलमोलाईको यस्तो प्रवृत्ति चलिरहन्छ , सिप्ला सेक्युरिटिजका प्रमूख शालिकराम अधिकारीले बताए ।  
 
राष्ट्र बैंकको सर्कुलर स्पष्ट नभएको कारण पनि अधिकांश नया लगानीकर्ता डराइरहेका थिए । कतिपय लगानीकर्ताले मार्जिन लेण्डिङमा कडाई गरेको बुझिरहेका थिए ।

Tata
GBIME
Nepal Life

कतिपय लगानीकर्ता भने बैंक तथा वित्तीय संस्थाबाट सेयर बिक्री चाप बढ्छ भन्नेमा थिए । तर यो सर्कुलरले त लगानीकर्तालाई नै फाइदा गर्छ नि, किनभने बैंक तथा वित्तीय संस्थाले सबै सेयर बेच्छन भन्ने छैन, उनीहरुले दिर्घकालिन  उदेश्यले सयर होल्ड गर्ने सम्भावना थप रहन्छ । आजै पनि कतिपय बैंक तथा वित्तीय संस्थाले बिटीमा रहेको सेयर समेत नामसारीमा पठाउने तयारी गरेका थिए, अधिकारी भन्छन । 

राष्ट्र बैंकको जुन निर्णय आएको छ, या पक्कै राम्रो हो , यो सर्कुलरले निक्षेपकर्ताको पैसा जोखिममा नहाल भन्न खोजेको हो , तर यसको असर कस्तो पर्छ अहिले भन्न सकिने अवस्था छैन, एनएमबी क्यापिटलका प्रमूख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले बताए ।

 

बैंकहरुले आफ्नो उदेश्यको लागि कति सेयर किनेका छन, दिर्घकालिन सोचले कति र अल्पकालिन सोचले कति छ भन्ने जानकारी छैन । अर्काेतर्फ बैंकहरुले अल्पकालिन सोचले सेयर कारोबार गरेका छन भने पनि उनीहरुले एघार महिना पाएका छन । उनीहरुले लाभांश खाएर बेच्ने सोच पनि बनाएर किनेका हुन सक्छन, यसले यो कारोबार स्वधाविक प्रक्रियामा जानसक्छ तर यदी ठुलै परिणममा गरेका रहेछन सेयरमा लगानी भने बजारमा यसको प्रभाव त पछै न , घिमिरेले बताए ।
 

बजार घट्छ भनेर कुरेकाहरुले पनि बजारमा सुधार हुन थालेपछि ठुलो भोलुममा बिक्री बढाएको ब्रोकरहरु बताउछन । बजारमा मोलमोलाई भने अन्तिम समयसम्म नै चलिरहयो । बुधवार ५१ करोड रुपैयाँको कारोबार भएको बजारमा विहीवार यो रकम बढेर ६३ करोड रुपैयाँ पुग्यो । 

 

  • बजार पुनः तीन अंकले घट्यो
  • बैंकिङको सुचक १० अंकले बढ्यो
  • बिहानी सत्रमा घटेको बजारमा सुधार, बजारमा सेयर किन्ने बढे, सेन्सेटिभ सुचक बढ्यो
  • नौं ६९ बाट फर्कियो नेप्से 
  • जनता, लक्ष्मी, सानिमा, कुमारी लगायतका बैंकको मूल्य भने घटेन
  • मातृभुमी, कन्काइ, बिराटलक्ष्मी, काबेली लगायतका बिकास बैंकको पनि मूल्य बढेको छ । 
 
  • काठमाडौं। बजार खुलेको २३ मिनेट नहुँदै बजार २० अंकले नै घटेको छ । प्रत्येक मिनेटमा करिब एक अंक नेप्सेले गुमाउदै गएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले आफुले सेयरमा गरेको लगानी प्राथमिक पुँजीको एक प्रतिशतभन्दा कम हुनुपर्ने व्यवस्थाले लगानीकर्ताहरु डराएका हुन । संस्थागत लगानीकर्ताको रुपमा रहेको बैंक तथा वित्तीय संस्थाले सेयर बेच्न थाले बजारमा आपूर्ती बढ्ने डरले लगानीकर्ताहरु आत्तिएका हुन । यो निर्देशनले दिर्घकालिन लगानीमा भने रोक नलगाएको राष्ट्र बैंकले भनेको छ । बैंकले अर्को असारमसान्त सम्मको अवधि दिएकोले आपुर्ती तत्काल नबढ्ने देखिन्छ ।  नेप्से नौं सय ७५ मा आइपुगेको छ । 
  • सबै समूहको परिसूचक घटेपनि जलविद्युत् समूहमा दुई सय २२ अंकले कटौती भएको छ । तर नेप्से परिसूचक नौं सय ७५ मा पुगेर थामिने क्रममा रहेको छ ।