सिउरी हाईड्रोको १३ करोड ९६ लाख रुपैयाँको अाइपिअाे आउने, स्थानीय र सर्वसाधरणलाई सेयर दिइने

बिजमाण्डू
२०७१ भदौ ५ गते ००:०० | Aug 21, 2014
सिउरी हाईड्रोको १३ करोड ९६ लाख रुपैयाँको अाइपिअाे आउने, स्थानीय र सर्वसाधरणलाई सेयर दिइने
काठमाडौं। सिउरी खोला जलविद्युत् आयोजनाले १३ करोड ९६ लाख रुपैयाँको सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले बिहीवार सिभिल क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । 
 
लमजुङ जिल्लाको भुलभुले गाविसमा रहेको यो आयोजनाले निष्कासन गर्न लागेको मध्ये चार करोड ६५ लाख रुपैयाँ बराबरको सेयर स्थानीयलाई जारी गर्ने छ । यी सेयर उद्योग प्रभावित स्थानिय जिल्ला लमजुङ वासीहरुले पाउने छन।कम्पनीको जारी पूँजी ४६ करोड ५४ लाख रुपैयाँ छ ।

आयोजनाको बिकास न्यादी ग्रुपले गरेको हो । आयोजनाको क्षमता पाँच मेगावाट विद्युत् उत्पादन रहेको छ । २०६९ असोज ३० गते आयोजनाले व्यापारिक विद्युत उत्पादन थालेको जानकारी विक्री प्रबन्धक सिभिलले दिएको छ । आयोजना निर्माणको लागि क्लिन इनर्जी डेभलपमेन्ट बैंकको अगुवाईमा बैंक अफ काठमाण्डौं, माछापुच्छ्रे बैंक र सिद्घार्थ बैंकले ऋण लगानी गरेका छन । आयोजनाको सञ्चालकमा डा.भोगेन्द्र गुरागाई, शैलेन्द्र गुरागाईं, प्रेमकृष्ण महर्जन र रविन सुवेदी लगायत छन । सञ्चालकहरु बैक, वित्तीय संस्था, विद्युत तथा शिक्षा र मनोरंजनका क्षेत्रका व्यापार व्यवसायमा पनि संलग्न छन ।

Tata
GBIME
Nepal Life