बरफ पानीमा नुहाउन बैं‌कर अनिल शाहलार्इ गायिका अभयाकाे चुनाैती, चुनाैती अस्वीकार गरे हजार चन्दा

बिजमाण्डू
२०७१ भदौ ७ गते ००:०० | Aug 23, 2014
बरफ पानीमा नुहाउन बैं‌कर अनिल शाहलार्इ गायिका अभयाकाे चुनाैती, चुनाैती अस्वीकार गरे हजार चन्दा


काठमाडौँ ।
अमेरिकाबाट लोकप्रिय भएर विश्वभर भाइरलका रुपमा फैलिएको ‘आइस बकेट च्यालेन्ज’ले नेपालीलाई पनि छोएको छ। बाल्टिनभरी बरफ-पानी राखेर टाउकोमा खन्याएर अरु थप मान्छेलाई च्यालेन्ज गरिने यो काम नेपालमा बाढीपीडितहरुको सहयोगका लागि थालिएको हो।

Tata
GBIME
Nepal Life

पप गायिका अभया सुब्बाले यसै क्रममा आफ्नो टाउकोमाथि पानी खन्याउँदै बैँकर अनिलकेशरी शाह, माल्भिका सुब्बा, निमा रुम्बा, सबिन राई आदिलाई चुनौति दिएकाे पहिलाेपाेष्ट अनलाइनले लेखेकाे छ । चुनौति पाएका व्यक्तिहरुले साधारणतया २४ घण्टाभित्र आफूले पनि टाउकोमा बरफ खन्याउने वा केही रकम चन्दा दिने प्रचलन छ।

यसरी सुरु भएको थियो च्यालेन्ज

टाउकोमा बरफ-पानी खन्याएर अरुलाई चुनौति दिने यो काम खासमा amyotrophic lateral sclerosis नामको रोगबारे चेतना फैलाउन र यसबारे हुने अनुसन्धानका लागि चन्दा रकम जुटाउन आयोजना गरिएको हो। यसलाई त्यसैले एएलएस बकेट च्यालेन्ज पनि भन्ने गरिन्थ्यो।

सोसल मिडियामा भाइरल भएपछि यो सबतिर फैलिएको हो। विभिन्न देशमा भिन्दाभिन्दै कामका लागि यस्तो चुनौति आयोजना हुने गरेको छ। बेलायतमा मोटर न्युरोन डिजिज एसोसिएसनका लागि यस्तो चुनौतिमा मानिसहरु सहभागी भएका थिए।

गएको जुन ३० मा अमेरिकामा मर्निङ ड्राइभ कार्यक्रममा सेलिब्रिटीहरु उपस्थित भएर गरेको आइस बकेट च्यालेन्जपछि यसले अझ लोकप्रियता पाएको हो।

अमेरिकी राष्ट्रपति बाराक ओबामालाई समेत यसमा चुनौति दिइएको भए पनि उनले १०० डलर चन्दा दिएर च्यालेन्ज अस्वीकार गरेका थिए। पूर्व राष्ट्रपति जर्ज डब्लु बुसले पनि चुनौति स्वीकारेर बिल क्लिन्टनलाई मनोनीत गरेका थिए।

नेपाली संस्करण

आइस बकेट च्यालेन्जको नेपाली संस्करण कसरी भित्रियो त ? ‘एएलएस आइस बकेट च्यालेन्ज’ बाट नै हामी प्रभावित भएका हौँ’, आफूहरुको अभियानलाई कुनै एक जनालाई मात्र क्रेडिट नदिने सहमति भएको भन्दै बेलायतमा रहेका एक युवकले पहिलोपोस्टसित भने, ‘विश्वका विभिन्न भागमा रहेका नेपालीले संयुक्त रुपमा यसलाई सुरु गरेका हौँ।‘

नेपाली संस्करणको च्यालेन्जमा सहभागी हुने पहिलो सेलिब्रिटी भने पप गायिका अभया सुब्बा हुन्। उनले शुक्रबार टाउकोमा पानी खन्याएको भिडियो फेसबुकमार्फत् सार्वजनिक गर्दै अरु सेलिब्रिटीलाई चुनौती दिएकी हुन्।