भाटभटेनीको बालाजुमा नयाँ स्टोर सञ्चालन, दश प्रतिशत छुट, यसै महिना कलंकीमा अर्को स्टोर

बिजमाण्डू
२०७१ भदौ ८ गते ००:०० | Aug 24, 2014
भाटभटेनीको बालाजुमा नयाँ स्टोर सञ्चालन, दश प्रतिशत छुट, यसै महिना कलंकीमा अर्को स्टोर
काठमाडौं । भाटभटेनी सुपरस्टोरले शनिवारबाट बालाजुमा नयाँ स्टोर सञ्चालनमा ल्याएको छ । कम्पनीले यसअघि अनामनगरमा आफ्नो नयाँ शाखा विस्तार गरेको थियो । भाटभटेनीले अब कलंकीमा नयाँ स्टोर सञ्चालनको तयारी गरिरहेको छ । सन् १९८४ मा सुरु भएको भाटभटेनीका टंगाल, महाराजगञ्ज, बौद्ध, कोटेश्वर, पाटन र पोखरा, अनामनगर गरी सात वटा स्टोर सञ्चालनमा छन् । कम्पनीले शनिवारबाट सुरु भएको स्टोरमा दश प्रतिशत छुटको घोषणा गरेको छ ।

Tata
GBIME
Nepal Life

भाटभटेनी सुपरमार्केटका अन्य शाखाहरुमा झैं दैनिक आवश्यकताका सबै सामग्रीका साथै लुगाकपडा, श्रृंगार सामग्री, इलेक्ट्रोनिक्सका सामान, फर्निचर, खाद्य वस्तुलगायत सम्पूर्ण सामान उपलव्ध हुनेछन् । बालाजु शाखाको शुभारम्भका अवसरमा भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रवन्ध निर्देशक मीनबहादुर गुरुङले शाखाको संचालनबाट यस क्षेत्रका वासिन्दालाई आफ्नै टोल छिमेकमा सुपथ मूल्यमा गुणस्तरीय सामान उपलव्ध हुने विश्वास व्यक्त गरे ।

कम्पनीले वार्षिक साढे छ अर्ब रुपैयाँको रिटेल कारोवार गर्छ भने भाटभटेनीलाई आठ सयभन्दा बढी कम्पनीले सामान सप्लाई गर्छन् ।