कोरियाको थ्री इन वान मिक्स स्प्रेञ्जा कफी नेपालमा, ५० युवा मिलेर स्थापना गरे योङस्टार ग्रुप

बिजमाण्डू
२०७१ भदौ ८ गते ००:०० | Aug 24, 2014

काठमाडौं। नेपाल योङ स्टार ग्रुप प्रालिले कोरियामा उत्पादित स्पेञ्जा ब्राण्डको थ्री इन वान कफि नेपालमा बिक्री वितरण सुरु गरेको छ। कोरियामा काम गर्दै आएका ५० युवा मिलेर ग्रुप स्थापना गरि आफ्नै व्यवसाय थालनी गरेका हुन्।

Tata
GBIME
Nepal Life

नेपालमै तयारी कफि उत्पादनको लक्ष्य लिएको ग्रुपले जनाएको छ। त्यसैको तयारी स्वरुप आयात थालनी गरेको जनाइएको छ। तयारी कफि पारखिका लागि स्प्रेञ्जा कफि जुन सुकै स्थान र समयमा चिया भन्दा सस्तो मुल्यमा पाइने ग्रुपका अध्यक्ष यम श्रेष्ठले बताए। ग्रामको एक प्याक कफिको मुल्य १५ रुपैयाँ तोकिएको छ।

यो कफि तत्काललाई काठमाण्डौं, बिराटनगर, इटहरी, धरान, चितवन, पोखरा, बनेपा लगायत मुलुकका प्रमुख व्यापारिक स्थानमा बिक्री वितरण सुरु भइ सकेको श्रेष्ठले जानकारी दिए।

ग्रुपले सामाजिक उत्तरदायित्व बहन गर्न नेपाल योङ स्टार फाउन्डेसन नामको कल्याणकारी कोष समेत स्थापना गरेको छ। अनाथ, असहाय र प्रकोप पिडितलाई सहयोग गर्ने उध्येश्यले लिएको कोषमा साढे आठ लाख रुपैयाँ जम्मा भइ सकेको जनाइएको छ।