दशैंका लागि हुन्डाईको योजना, गाडि खरिदमा पाँच लाखसम्म छुट, मलेसिया घुम्नेदेखि भर्नासम्म उपहार

बिजमाण्डू
२०७१ भदौ ९ गते ००:०० | Aug 25, 2014
दशैंका लागि हुन्डाईको योजना, गाडि खरिदमा पाँच लाखसम्म छुट, मलेसिया घुम्नेदेखि भर्नासम्म उपहार


काठमाडौं । नेपालस्थित हुन्डाइ गाडीको आधिकारकि विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले दशै तिहार योजना अन्तर्गत मिस्सी, बादशाह, एक्का योजना घोषणा गरेको छ । यस योजना अन्तर्गत ग्राहकले तीनवटा ठूला उपहार जित्ने मौका पाउने कम्पनीले जारी प्रेस विज्ञप्तिमा छ ।
सोमवारदेखि सुरु भएको यो योजना अन्र्तगत हुण्डाइ गाडि खरिद गर्ने हरेक ग्राहकले पाँच लाख रुपैयाँसम्मको नगद छुट पाउनेछन् । मिस्सी योजना अन्तर्गत दश जना भाग्यशाली जोडीले मलेशिया र बैङ्कको निःशुल्क यात्रा गर्ने मौका पाउने कम्पनीले जानकारी दिएको छ ।
त्यसैगरी बादशाह योजना अन्तर्गत एकजना भाग्यशाली विजेताले हुण्डाइ आई जेन आई ट्वान्टी जित्ने अवसर पाकउने। कम्पनीले जारी प्रेस विज्ञप्तिमा छ । त्यसैगरी एक्का योजना अन्र्तगत एकजना भाग्यशाली विजेताले हुण्डाइको फ्लुडिक भेर्ना जित्ने पनि कम्पनीले जानकारी दिएको छ । सबै भाग्यशाली विजेता लक्की ड्र मार्फत छानिने पनि कम्पनीले जानकारी दिएको छ ।
हुण्डाइको काठमाडौंमा ११ वटा शोरुम र उपत्यका बाहिर दुई वटा शोरुम छन् । यी शोरुम फेस्टिभ थमिमा सजाइने जानकारी पनि कम्पनीले दिएको छ ।

Tata
GBIME
Nepal Life