
काठमाडौं । नेपाल लाइफ इन्सुरेन्सले आफ्नो बजार हिस्सा ४१ प्रतिशत पुर्याएको छ । कम्पनीले प्रेस विज्ञप्ति जारी गरी गत आर्थिक वर्षमा बजार हिस्सा ३३ प्रतिशतबाट बढाएर ४१ प्रतिशत पुर्याएको जानकारी दिएको हो ।
कम्पनीले गत आर्थिक वर्षमा सर्वाधिक प्रथम बीमावापत दुई अर्ब ७२ करोड बीमा शुल्क जम्मा गरेको थियो । त्यसैगरी कम्पनीले गत आर्थिक वर्षमा पाँच अर्ब ६७ करोड कुल बीमा शुल्क संकलन गरेको थियो ।
कम्पनीले बजार हिस्सा बढाउन तथा जीवन बीमा व्यवसायको बिकास र बिस्तारमा महत्वपूर्ण सहयोग गरेका अभिकर्तालाई सम्मान गरेको छ । गत आर्थिक वर्षमा उत्कृष्ट व्यवसाय गर्ने अभिकर्तालाई काठमाडौंमा बार्षिक अभिकर्ता सम्मानमा कदर पत्र र पदक प्रदान गरिएको कम्पनीले जारी प्रेस विज्ञप्तिमा छ ।
कम्पनीले नेपालभरिबाट उत्कृष्ट व्यवसाय गर्ने ३० जना बरिष्ठ एजेन्सी मेनेजर तथा ३० जना अभिकर्तालाई सम्मान गरेको थियो । गत आर्थिक वर्षमा बरिष्ठ एजेन्सी मेनेजर दूर्गाकुमारी क्षेत्री र अभिकर्ता जीवन कुमार खत्री(के.सी) नेपालभरीबाट उत्कृष्ट भएको कम्पनीले जानकारी दिएको छ ।











