थोरै सुध्रिएर बन्द भयो बजार, नेप्से ९४८ अंकमा, इन्स्योरेन्स र जलविद्यूतका लगानीकर्ताले गुमाए

बिजमाण्डू
२०७१ भदौ ९ गते ००:०० | Aug 25, 2014
थोरै सुध्रिएर बन्द भयो बजार, नेप्से ९४८ अंकमा, इन्स्योरेन्स र जलविद्यूतका लगानीकर्ताले गुमाए

काठमाडौं। बजार बन्द हुने समयमा नेप्से परिसूचकमा सामान्य सुधार देखियो। परिसूचक ४१ अंक घटेर थोरै फर्कियो। बजार बन्द हुँदा ३७.६१ अंकले घट्यो। दिनभरमा बजार ३.८२ प्रतिसतले घट्यो।

Tata
GBIME
Nepal Life

इन्स्योरेन्सको सेयर मुल्य सर्वाधिक ओरालो लाग्यो। एकै दिन यो समूहको परिसूचक २६४.७४ अंकले झर्यो। ठूलो इन्सयोरेन्स कम्पनीको मुल्य निकै घटेपछि बजार प्रभावित बन्यो।

जलविद्युत समूहको सूचक पनि त्यसैगरी ओरालो लाग्यो। यो समूहको सूचक पनि १४०.८१ अंकले ओर्लियो। यो समूहमा रहेका अधिकांस कम्पनीको सेयर मुल्य घटेको छ। समूहको नेतृत्व गर्ने चिलिमे हाइड्रोपावरको सेयर मुल्य सर्वाधिक घटेपछि बजार प्रभावित भयो।

बाणिज्य बैंक समूहको सूचक पनि निकै ओर्लियो। बैंक तथा वित्तीय सस्थाले बजारको ठूलो हिस्सा ओगटेको कारण बैंक तथा वित्तीय सस्थाको सेयर मुल्य घट्नासाथ बजार ओरालो लाग्छ। ठूला बाणिज्य बैंकहरु नबिल, एभरेष्ट, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेपाल एसविआई लगायतका बैंकहरुको सेयर मुल्य घट्यो। यसले बजारलाई तल झार्न मद्दत गर्यो। विकास बैंक र फाइनान्स समूहको पनि सूचक बढेन।

लाइफ इन्स्योरेन्स कर्पोरेसनको सेयर मुल्य तीन सय ६८ रुपैयाँले घट्यो। नेशनल लाइफको एक सय ७८ रुपैयाँले, नेपाल लाइफको दुई सय ६७ रुपैयाँले र एशियन लाइफको प्रतिकित्ता ९८ रुपैयाँले सेयर मुल्य घट्यो। यस बाहेक पनि कारोबार भएका सबै इन्स्योरेन्स कम्पनीको सेयर मुल्य घटेको छ।

एभरेष्ट बैंकको सेयर मुल्य एक ५५ रुपैयाँले घट्यो। नबिल बैंकका लगानीकर्ताले प्रतिकित्ता एक सय १० रुपैयाँ गुमाए। त्यस्तै स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मुल्य प्रतिकित्ता एक सय ६ रुपैयाँ घट्यो। हिमालयन बैंकको प्रतिकित्ता ५९ रुपैयाँ, नेपाल एसविआईको ३६, प्राइमको ३९ रुपैयाँको दरले मुल्य घट्यो।

चिलिमे जलविद्युतको सेयर मुल्य प्रतिकित्ता एक सय ३९ रुपैयाँको दरले घट्यो। सानिमा माईको ४४ रुपैयाँ, बुटवल पावर २२ रुपैयाँ र अरुण भ्याली २६ रुपैयाँको दरले भाउ घट्यो।

अपडेट: सर्किट लागेर अाधा घण्टा बन्द भएको बजार पुन: खुलेको छ । चार प्रतिसत घटेपछि एक बजेर ५६ मिनेट जाँदा बजारमा सर्किट लागेकाे थियो । दुई बजेर २६ मिनेटमा बजार पुन; खुलेको हाे ।

बजार चार प्रतिसत घटेपछि पुजीबजारमा सर्किट ब्रेक लागेकाे छ । एक बजेर ५६ मिनेट जाँदा बजार सर्किट ब्रेक लागेको हाे । बजार अाधा घन्टाका लागि बन्‍द भएको छ । नेप्से परिसूचक ९८५ अंकबाट ९४६ अंकमा झरेको छ ।

बै‌किङ र इन्याेरेन्स समूहको सेयर मुल्य घट्ने क्रम नराेकिएपछि बजार दुई घण्टा भित्रै चार प्रतिसत भन्दा धेरैले अाेर्लियो । दुई घण्टा भित्र चार प्रतितसले घटेपछि आधा घण्टाका लागि काराेबार स्थगित हुन्छ ।

केही वर्ष यता बजार घटेर सर्किट लागेको थिएन् । लगानीकर्ताले विश्वास गुमाउनु पर्ने कारण खासै नदेखिएपनि बजार घटेको हो । लाभांस घाेषणा हुने बेलामा बजार अाेरालाे लाग्नु पर्ने कारण नदेखिएको लगानीकर्ताहरु बताउँछन् ।

बजारमा कारोबार सुरु हुनासाथ नेप्से तिब्र गतिमा आरोलो लागेको थियो । कारोबार सुरु भएको एक घण्टामै नेप्से करिब २० अंकले ओर्लिएको थियो । डेढ घण्टामा ३० अ‌कले झर्यो । गत विहीबार पनि बजार यही क्रममा घटेर अन्तिम समय सच्चिएको थियो।

आइतबार कारोबार बन्द हुने समयतिर विक्रीको चाप बढी थियो। यही क्रम सोमबारको पहिलो चरणमा परेको अनुमान ब्रोकरहरुको छ। अहिले विक्रीमा बढी चाप रहेकाे ब्राेकरहरुले बताएका छन् ।

जलविद्युत, इन्स्योरेन्स र बाणिज्य बैंक समूहको सेयरमुल्य सबैभन्दा धेरै घटेको छ। जलविद्यूत समूहको सेयर मुल्य सबैभन्दा धेरै घटेको छ। फाइनान्स र विकास बैंकसमूहको सूचक तुलनात्मक रुपमा थोरै घटेको छ। सेन्सेटिभ परिसूचक पनि तीन अंकले झरिसकेकाे छ। सेन्सेटिभ क समूहका सम्पनीहरुकाे मात्रै सूचक हाे ।

इन्स्याेरेन्स १६० अंकले अाेर्लिएको छ भने जलविद्युत समूह १४० अं‍कले झरेको छ । त्यस्तै बैकिङ समूहको ३६ अंकले घट्यो । काराेबार रकम भने धेरै बढेको छैन । काराेबार खुलेको एक घण्टा ४५ मिनेटसम्म २४ करोड ५० लाख रुपैयाँको काराेबार भएको छ ।