सुरुमा १५ अंकले बढेको नेप्से २६ अंकले घट्यो, कारोबार रकममा सुधार, बिमा र बैंकिङको मूल्य घट्यो

बिजमाण्डू
२०७१ भदौ १० गते ००:०० | Aug 26, 2014
काठमाडौं। कारोबार खुलेको २८ मिनेटभित्रै करिव १५ अंकले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक घटेर बन्द भएको छ। अघिल्लो दिन ३८ अंकले घटेको परिसुचक मंगलबार २५.९८ अंकले झरेको छ। परिसुचक २.७५ प्रतिशतले घटेर ९२१.८६ अंक कायम भएको छ। 
मंगलबार सेयरको मूल्य व्यापक रुपमा घटेपनि कारोवारमा भने सुधार नै देखिएको छ। नेप्सेमा ५१ करोड ७५ लाख रुपैयाँभन्दा वढीको सेयर किनबेच भएको छ। 
 
'मूल्य घटेपनि कारोबार नघटेकाले बजार केही दिनमै सुधार हुने देखिन्छ,' एक ब्रोकर कम्पनीका प्रमुखले भने, 'बिक्रीमा सेयर राख्दा सजिलै खरिदकर्ता निस्किएका छन्। घट्दो बजारमा पनि सेयर बिक्री हुनुले सुधारको संकेत दिन्छ।'
 
मंगलबार सबैभन्दा वढी बिमा कम्पनीका सेयर मूल्य घटेका छन्। बिमा परिसुचक ८८ अंकले घटेको छ। यसपछि बैंकिङ समूह ३९.४ अंकले घटेको छ। उत्पादनमूलक क्षेत्रका सेयर परिसुचक ३६.३२ अंकले घटेको छ। जलविद्युत समूह भने ६६.५ अंकले बृद्धि भएको छ।
 
'निर्देशनको आफूखुसी व्याख्या भएका कारण सेयर बजारमा प्रभाव परेको हो,' राष्ट्र बैंकका प्रवक्ता मनमोहनकुमार श्रेष्ठले भने, 'हामीले दीर्घकालिन लगानीका लागि ३० प्रतिशत सेयर खरिद गर्न पाइन्छ भनिरहेका छौं।'
 
विश्लेषक तथा लगानीकर्ताहरु पनि निर्देशन बजार घट्नुको कारण नभएको बताएका छन्। 'सिलसिलेवार रुपमा मूल्य घटाइएको छ, लाभांसको मूखमा मूल्य घटाएर निश्चित वर्गले सेयर किनिरहेका छन्,' एक लगानीकर्ताले भने, 'उनीहरु सस्तो मूल्यमा सेयर किनेर उच्च लाभांस बुक गर्न चाहन्छन्।'
 
मंगलबार लगानीकर्ताको अपेक्षा विपरित लाभांस सार्वजनिक गरेको एभरेष्ट बैंकको सेयरमा उच्च गिरावट आएको छ। बैंकले ५० प्रतिशत नगद र १२ प्रतिशत वोनस सेयर वितरण गर्ने प्रस्ताव सार्वजनिक गरेको थियो।
 

Tata
GBIME
Nepal Life