एनसेलले तीन महिना थप्यो ट्विटर जीरोको अवधि, अभिव्यक्ति स्वतन्त्रतालाई सघाउने विश्वास

बिजमाण्डू
२०७१ भदौ १० गते ००:०० | Aug 26, 2014

काठमाडौ । एनसेलले आफ्ना ग्राहकलाई प्रदान गर्दै आएको निःशुल्क ट्विटर अफरको समयावधि तीन महिनाको लागि थप गरेको छ । एनसेलले जेठ १३ बाट लागु गरेको निःशुल्क ट्विटर योजनाको अवधि यहि भदौ १० गते सकिंदै थियो । मंगलबार गरेको म्याद थपसँगै एनसेलका ग्राहकले लोकप्रिय माइक्रो–ब्लगिङ्ग सञ्जाल ट्विटर थप ९० दिनसम्म निःशुल्क चलाउन सक्ने, एनसेलले जारी प्रेस विज्ञप्तिमा छ ।
यो योजना अन्तर्गत एनसेलका प्रिपेड तथा पोष्टपेड ग्राहकले मोवाइल सेट तथा कनेक्ट प्रयोगकर्ताले कम्प्युटरबाटै निःशुल्क ट्विट गर्न, अरुको ट्विट पढ्न, अरुलाई फलो गर्न तथा आफ्ना फलोवरहरुलाई सन्देश पठाउन सक्ने जानकारी दिएको छ । एनसेलले ओपेरा मिनी ब्राउजर भर्सन ४.४ वा सो भन्दा माथिल्लो भर्सन चलाउने ग्राहकले ग्राहकले पनि निःशुल्क ट्विटर चलाउन पाउने, जानकारी दिएको छ ।
“आफ्ना ग्राहकको माग तथा अभिव्यक्तिको स्वतन्त्रतालाई कदर गर्दै हामीले ट्विटर जिरो अफरको समयावधि थपेका हौं,  एनसेलकी कर्पोरेट कम्यूनिकेशन निर्देशक सञ्जु कोइरालाले भनिन्, यसले हाम्रा ग्राहकलाई विशेष मूल्य प्रदान गर्ने विश्वास लिएका छौं ।
यो अफरले ट्विटरमा रहेको वाह्य लिंकलाई भने नसमेट्ने कम्पनीले स्पष्ट पारेको छ । प्राविधिक कारणले गर्दा ट्विटर जिरो ओपेरा मिनी वाहेक अन्य प्रोक्सी ब्राउजर रहेको मोवाइल सेटमा भने उपलब्ध नहुने जानकारी कम्पनीले दिएको छ । यस्ता सेट÷ब्राउजरबाट ट्विटर चलाउदा नियमित डेटा शुल्क लाग्ने पनि कम्पनीले जानकारी दिएको छ ।

Tata
GBIME
Nepal Life