राष्ट्र बैंकका गभर्नरको तलव कति? पत्याउनुस् वित्तीय संस्थाका प्रमुख कार्यकारीभन्दा पनि कम

बिजमाण्डू
२०७१ भदौ ११ गते ००:०० | Aug 27, 2014
राष्ट्र बैंकका गभर्नरको तलव कति? पत्याउनुस् वित्तीय संस्थाका प्रमुख कार्यकारीभन्दा पनि कम
काठमाडौं । नेपाली नोटमा हस्ताक्षर गर्ने राष्ट्र बैंकका गभर्नरको तलब कति होला ? अर्बौ रुपैयाँ बराबरको नोटमा हस्ताक्षर गरे पनि गभर्नरको तलब मासिक लाख रुपैयाँ नाघ्दैन ।

Tata
GBIME
Nepal Life

गभर्नरको तलब उनले प्रत्यक्ष नियमन सुपरिवेक्ष गर्ने  बैंक तथा वित्तीय संस्थका प्रमुख कार्यकारीहरुको भन्दा निकै कम छ ।
 

राष्ट्र बैंकले भर्खरै गभर्नरदेखि सुरक्षा गार्डसम्मको तलब १० प्रतिशतका दरले बृद्धि गरेको छ । १० प्रतिशत बृद्धिपछि गभर्नरको तलब ७८ हजार तीन सय रुपैयाँ पुगेको छ ।

यसअघि गभर्नरको तलब ७१ हजार पाँच सय ३० रुपैयाँ थियो । राष्ट्र बैंकले पहिलो पटक सुरक्षा गार्डलाई समेत समेटेर तलब बृद्धि गरेको हो । 

 
यसैगरी डेपुटी गभर्नरहरुको तलब ६३ हजार आठ सय ४० रुपैयाँबाट ७० हजार तीन सय रुपैयाँ पुगेको छ । राष्ट्र बैंकका कर्मचारीहरुले तलबबाहेक अन्य सुविधाहरु पनि पाउँछन् । 
 
राष्ट्र बैंकमा सबैभन्दा तल्लो तहको कर्मचारी सहायक पाँचौको तलब पनि १२ हजार ६ सयदेखि १३ हजार नौं सय रुपैयाँसम्म पुगेको छ ।

विशिष्ट अधिकृतको तलब ३९ हजार छ सय ८० रुपैयाँबाट ४३ हजार सात सय रुपैयाँ पुगेको छ  ।