कालिमाटी तरकारी बजारका व्यवसायीले बाढी पीडितलाई सहयोग गरे, एक लाख रुपैयाँ बढि हस्तान्तरण

बिजमाण्डू
२०७१ भदौ ११ गते ००:०० | Aug 27, 2014

काठमाडौं । मध्यपश्चिम लगायत देशका विभिन्न क्षेत्रमा आएका बाढी तथा पहिरोमा परेका पीडितहरूका लागि कालिमाटी तरकारी बजारका व्यवसायीले संकलन गरेको एक लाख दुई हजार नौं सय ६५ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरिएको छ।

Tata
GBIME
Nepal Life

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री सुशील कोइरालालाई राहत संकलन समितिका संयोजक प्रल्हाद भण्डारीले उक्त रकम हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा प्रधानमन्त्री कोइरालाले बाढी तथा पहिरो पीडितहरूका लागि सहृदयी दाताहरूबाट प्राप्त रकमको सदुपयोग गरिने आश्वासन दिएका थिए ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार आयोजित एक कार्यक्रमबीच सम्माननीय प्रधानमन्त्री सुशील कोइरालाज्युलाई उक्त रकम हस्तान्तरण गरियो।

कार्यक्रममा सिन्धु पहिरोपीडित राहत संकलन तथा वितरण समितिका संयोजक प्रल्हाद भण्डारीले प्रधानमन्त्रीलाई संकलित रकम बैंक दाखिला गरिएको भौचर हस्तान्तरण गरेका थिए । 

त्यसअघि गत शुक्रबार कालिमाटी तरकारी बजारका व्यवसायीले सिन्धुपाल्चोक माङस्थित पहिरो पीडितहरूका लागि पनि एक लाख दुई हजार नौं सय पैसठ्ठी रुपैयाँ हस्तान्तरण गरेका थिए।

गत साउन दोस्रो साता सिन्धुपाल्चोकको मांखास्थित जुरेमा गएको अकल्पनीय पहिरोले ठूलो जनधनको क्षति भएपछि कालिमाटी तरकारी बजारमा कारोबार गर्ने व्यवसायीहरूले बजारभित्र राहत संकलन गरेका थिए।

सो अवसरमा व्यवसायीहरूले एक लाख ६३ हजार नौं सय ८२, तरकारी फलफूल बचत तथा ऋण सहकारी संस्था लिमिटेड कालिमाटीले १२ हजार सात सय ५०, कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दश हजार, तरकारी फलफूल थोक बजार व्यावसायिक संस्थाले १५ हजार, सामूहिक परिवर्तनशील महिला बचत तथा ऋण सहकारी संस्था कालिमाटीले पाँच हजार एक सय एक, कालिमाटी तरकारी बजार सतुंगल समूहले पाँच हजार एक सय, महिला तरकारी व्यवसायी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पाँच हजार तथा कालिमाटी फलफूल तथा तरकारी बजार विकास समिति कर्मचारी युनियनको तर्फले चार हजार रुपैयाँ सहयोग गरेका थिए ।