सिनामंगलमा रेगल एयरपोर्ट होटल खुल्यो, पर्यटकीय सेवा र सुविधाहित कर्पोरेट ग्राहकको सेवामा

बिजमाण्डू
२०७१ भदौ ११ गते ००:०० | Aug 27, 2014
काठमाडौं । पर्यटकीय सेवा र सुविधा सहित सिनामंगलमा रेगल एयरपोर्ट होटल सञ्चालनमा आएको छ। १७ वटा कोठा रहेको यो होटको बुधबार सभासद गगन थापाले औपचारिक शुभारम्भ गरेका छन्।
होटलमा दुई वटा अमार्टमेन्ट र १७ वटा स्याट्‍यान्डर्ड कोठा रहेको रेगल एयरपोर्ट होटलका अध्यक्ष समिर आचार्यले बताए। उनका अनुसार विमानस्थल नजिक रहेको यो होटल पर्यटकीय सेवा र सुविधाका साथ कर्पोरेट ग्राहकको सेवाका लागि लक्षित गरिएको आचार्यले बताए ।
बुटिक प्रकृतिको यो होटलमा पूर्ण एयर कण्डिसनको सुविधा, टेलिभिजन, अट्याच बाथरुम, वाइफाइसहितका न्युनतम सेवा सुविधा छन् । ६ महिना अगाडि निर्माण सुरु भएको यो होटल बुधबारबाट औपचारिक रुपमा सञ्चालमा आएको अचार्यले जानकारी दिए।
होटलमा बरिस्मा आचार्य, सुमोध बस्ताकोटी, रविन राना, र अच्चुत उप्रेतीको संयुक्त लगानी छ। सञ्चालनको अवस्थामा आउँदासम्म इन्टेरियरमा दुई करोड र भवन निर्माणमा पाँच कराेड गरि सात कराेड रुपैयाँ खर्च भएको होटल रेगलले जानकारी दिएको छ।

Tata
GBIME
Nepal Life