बहुप्रतिक्षित अाइफाेन ६ सेप्टेम्वर महिनामा सार्वजनिक हुँदै, सँगै अाइवाच पनि सार्वजनिक गरिने

बिजमाण्डू
२०७१ भदौ १२ गते ००:०० | Aug 28, 2014
बहुप्रतिक्षित अाइफाेन ६ सेप्टेम्वर महिनामा सार्वजनिक हुँदै, सँगै अाइवाच पनि सार्वजनिक गरिने

एप्पलले सेप्टेम्बर ९ मा आइफोन ६ सार्वजनिक गर्ने भएको छ। यस अघि नै आइफोन ६ सेप्टेम्बर महिनामा सार्वजनिक हुने जानकारी विभिन्न वेबसाइटमा आइसकेको थियो।

Tata
GBIME
Nepal Life

एप्पलका हरेक उत्पादनको जानकारी लिकहुने एक फ्रान्सेली वेबसाइट नोव्हेरएल्स डट एफआरले आइफोन ६ सार्वजनिक हुने मिति घोषणा गरेको छ। एप्पलको गोप्यभन्दा गोप्यकुरा सार्वजनिक गर्ने नोव्हेरएल्सले आफुले पाएको कागजातमा आधारित भएर यस्तो जानकारी सार्वजनिक गरेको लेखेको छ। उसको यस सार्वजनिकीकरणमा भने सत्यता नहुन सक्छ। गिजमोड़ोले भनेको छ, तर यस अघिका लिकहरुको सत्यताले भने विश्वास गर्ने प्रसस्त ठाउँ दिएको छ।

यो समाचार आफैमा आश्चर्यजनक भने होइन किनभने एपप्ल आफैले आइफोन ६ को सार्वजनिक मिति सेप्टेम्बरलाइ राखेको थियो।

नोव्हेरएल्सलाई प्राप्त तस्बिरमा सेप्टेम्बर ९ उल्लेख छ, जसले सहजै यसको सार्वजनिक मिति अनुमान लगाउन सकिन्छ। उक्त साइटले यस अगाडि पनि आइफोन ५ एसमा औठा छाप पढ्ने प्रविधिको बारेमा लेखेको थियो जसको बक्समानै सार्वजनिक मिति उल्लेख थियो।

सार्वजनिक तस्बिरका अनुसार उपलब्ध आइफोनको नाम सधैझैँ आइफोन ६ रहनेछ यसले पनि एप्पलको नयाँ उत्पादन र मितिमा विश्वास गर्ने केही बलियो प्रमाण बन्न सक्छ एपप्लले अाइफाेन ६ सँगै अाइवाच पनि सार्वजनिक गर्ने रिकाेडले लेखेकाे छ । कम्पनीले घडिकाे नाम अाइवाच राखेकाे टेक व्लग रिकाेडले जानकारी दिएकाे छ ।

याे घडि ४.७ इन्च र ५.५ इन्चमा हुनेछ । अाइवाचले घडि लगाउने व्याक्तिकाे स्वास्थयलार्इ माेनिटर गर्नेछ भने अाइफाेनका अलर्टहरु पनि दिनेछ । एजेन्सि