बैंकिङ समूहले डोर्यायो सुचक, २० मिनटमै १८ अंकले उक्लिएको नेप्से त्यसपछि सन्तुलित बन्यो

बिजमाण्डू
२०७१ भदौ १२ गते ००:०० | Aug 28, 2014
बैंकिङ समूहले डोर्यायो सुचक, २० मिनटमै १८ अंकले उक्लिएको नेप्से त्यसपछि सन्तुलित बन्यो
काठमाडौं। विहीवार बजार खुलेको २० मिनेटमै १८ अंकले बढेको नेप्से परिसूचक बजार बन्द हुँदा करिब १२ अंकको वृद्धिमा सिमित भएको छ । लगातार दुई दिन उच्च अंकले घटेको नेप्से परिसूचक अहिले त्यही रफ्तारमा बढ्ने क्रममा देखिएको छ ।

Tata
GBIME
Nepal Life

विहीवार पहिलो सत्रमा पनि त्यस्तो प्रवृत्ति देखिएको थियो । पहिलो सत्रमा बैंकिङ समूहको परिसूचक पनि १८ अंकले बढेको थियो । तर कारोबारको अन्त्य तिर बैंकिङ समूहको वृद्धि एक अंकमा सिमित भयो भने नेप्सेको वृद्धि पनि सात अंकमा सिमित भयो । बजार बन्द हुदा भने बैंकिङ समूहको सुचक पनि पाँच अंकले बढेको छ । 
 

बुधवार मूल्य बढेका एस डेभलपमेन्ट, कृषि बिकास , सिटिजन्स बैंक, डिप्रोक्स डेभलपमेन्ट, ओरियण्टल होटेल, यति डेभलपमेन्ट, युनाइटेड इन्स्योरेन्स, तिनाउ डेभलपमेन्ट, सुप्रिम डेभलपमेन्ट, सनराइज बैंक, शिखर इन्स्योरेन्स, एनएमबी बैंकको सेयर मूल्य विहीवार भने घटेको छ । 

संस्थापक सेयर सर्वसाधारणमा रुपान्तरण प्रक्रिया शुरु भएपछि सनराइज बैंकको सेयर मूल्य भने घटेको छ । बैंकको मूल्य २४ रुपैयाँले घटेको छ । बैंकको ४२ लाख कित्ता सेयरको वर्ग परिवर्तन गरिन लागेको हो । 
 
बीमा, होटेल र जलविद्युत् समूहको परिसूचक भने उच्चले बढेको छ । कारोबार रकमको आधारमा भने बैंकिङ समूहका कम्पनीहरुको नै अग्रस्थानमा छन । चिलिमे जलविद्युत् कम्पनीको करिब छ करोड रुपैयाँको कारोबार भयो । त्यसपछि भने सबैभन्दा धेरै रकमको कारोबार हुनेमा कुमारी बैंक, सिद्धार्थ बैंक, एभरेष्ट, एनसीसी, नेपाल, सिटिजन्स र नेपाल बंगलादेश बैंक रहेका छन । नेशनल लाइफ इन्स्योरेन्सको पनि करिब दुई करोड रुपैयाँको संस्थापक सेयर किनबेच भएको छ । 

नेशनल हाइड्रो, नागबेली लघुवित्त, गुराँस लाइफ, कास्कि फाइनान्स, बिराट लक्ष्मी बिकास, ज्योती बिकास, युनिक फाइनान्सको सेयर मूल्य नौं देखि १० प्रतिशतसम्म बढ्यो । नेशनल हाइड्रोको १० प्रतिशतले सेयर मूल्य बढेर सर्किट ब्रेक लाग्यो । 

यस दिन ६१ करोड रुपैयाँको नै सेयर कारोबार भयो । एक सय ४३ कम्पनीको १५ लाख ४५ हजार कित्ता सेयर किनबेच भयो ।