निम्बसकाे प्राेबायाेटेकमा अाइएफसीकाे ४० कराेड लगानी, पोल्ट्री उत्पादन र कृषकको आम्दानी वृद्धि

बिजमाण्डू
२०७१ भदौ १२ गते ००:०० | Aug 28, 2014
निम्बसकाे प्राेबायाेटेकमा अाइएफसीकाे ४० कराेड लगानी, पोल्ट्री उत्पादन र कृषकको आम्दानी वृद्धि

काठमाडौं। पोल्ट्री फर्मको उत्पादन तथा कृषकको आम्दानी वृद्धिमा सहयोग पुर्‍याउन आइएफसी (वर्ल्ड बैंकको सदस्य) ले प्रोबायोटेक इण्डष्ट्रिजमा लगानी गर्ने भएको छ । निम्बस होल्डिङसँग मिलेर उसले ३८ लाख डलर (४० कराेड रुपैयाँ) लगानी गर्न लागेको हो ।

नेपालको कृषि व्यावसायमा आइएफसीको यो पहिलो लगानी हो। निम्बसको सेयर स्वामित्व रहेको प्रोबायोटेक उद्योगमा आइएफसीले ३५ प्रतिशत बराबरको लगानी गर्न लागेको हाे भने बाँकी ६५ प्रतिशत निम्बसकै हुने छ ।  

Tata
GBIME
Nepal Life

आइएफसीले लगानी गरेपछि भट्मासको पिठो, नजेट्स र प्रशोधित तेलको उत्पादनको क्षमता वृद्धिमा प्रयोग गरिने छ। यसले आठ हजार कृषक, खाद्य सप्लायर्स र खाद्य सुरक्षाको स्ट्यान्डर्डलाई सुधार गर्न सहयोग गर्ने निम्बस होल्डिङ्सका प्रवन्ध निर्देशक आनन्द बगरियाले बताए । प्रोबायोटेक निम्बस होल्डिङ्सको भगिनी संस्था हो ।

आइएफसीमा काम गरेका दक्ष र अनुभवी जनशक्तिले नेपालमा पनि दाना तथा तेल उत्पादनको गुणस्तरमा सुधार आउने अध्यक्ष बगरियाले जानकारी दिए । उनले भने, 'आइएफसीको अनुभव, ज्ञान र विज्ञताले एग्रो विजनेशसमा राम्रो हुनेछ । हाम्रो उत्पादनमा वातावरणीय र सामाजिक प्रभावकारिता समेत बढ्छ ।' उनका अनुसार यो आयोजनाले किसानको उत्पादकत्व र आम्दानी बृद्धिमा सहयोग पुर्याउने छ ।

सन् २००१ मा स्थापना भएको प्रोबोयोटिकले दाना उद्योगमा काम गरिरहेको छ । कम्पनीले स्रोत जुटाएपछि सोया मैदा, सोया खानेतेल, दानामा विविधिकरण योजना बनाएको छ ।

प्रोबायोटिकले अहिले शक्ति ब्राण्डमा दाना उत्पादन गर्दछ, यो नेपालमा सबैभन्दा बढी खपत हुने दाना हो । आइएसओ ९००१–२००८ गुणस्तर प्रमाणपत्र प्राप्त गरेको प्रोबायोटिकसँग दैनिक तीन सय मेट्रिक टन प्लेट दाना उत्पादन गर्ने क्षमता छ ।

यो कारखानाबाट उत्पादन भएको दानाले नेपालको मागको २५ प्रतिशत हिस्सा एक्लै पुरा गर्दछ । कम्पनीले २० प्रकारका दाना, २० प्रकारका दानासम्बन्धी सप्लिमेन्ट र २० भन्दा बढी केमिकल, भ्याक्सिन र औषधीमा काम गर्दछ । कम्पनीसँग एक पटकमा २५ हजार मेट्रिक टनसम्मको उत्पादन भण्डारण गर्ने क्षमता छ ।

कम्पनीले अहिले एक सय रजिष्टार्ड डिलर र पाँच सय सबडिलरबाट ७० भन्दा बढी जिल्लामा दाना वितरण गर्दै आएको छ ।

आइएफसीले प्रोबायोटेकमा लगानी गरेपछी प्लान्ट र कृषिमा रोजगारी पनि बढ्छ । यसबाट खाना र पौष्टिक आहारको सुरक्षामा समेत सुधार आउने,' आइएफसी एसिया प्यासिफिकका निर्देशक विपुल प्रकाशले बताए, 'हाम्रो लगानीले ब्रोइलर उत्पानदनको लागत, पोल्ट्री फार्मका किसान, सरकार र साना व्यापारीहरुलाई समेत फाइदा पुग्ने छ, उनले भने ।

आइएफसीले विश्वका विभिन्न देशमा झण्डै चार अर्ब पचास करोड डलर भन्दा बढी लगानी गरेको छ ।