नेपालका लागि विश्व बैंकको कन्ट्री म्यानेजरमा टकुया नियुक्त, सेप्टेम्बरबाट कार्यभार सम्हाल्ने

बिजमाण्डू
२०७१ भदौ १२ गते ००:०० | Aug 28, 2014
नेपालका लागि विश्व बैंकको कन्ट्री म्यानेजरमा टकुया नियुक्त, सेप्टेम्बरबाट कार्यभार सम्हाल्ने

काठमाडौं। विश्व बैंकले नेपालका लागि कन्ट्री म्यानेजरमा टकुया कमाटालाई नियुक्त गरेको छ। सन् १९९० देखि विश्व बैंकमा कार्यरत कमाटा जापानी नागरिक हुन्।

Tata
GBIME
Nepal Life

विश्व बैंकको विभिन्न देश तथा क्षेत्रीय प्रतिनिधिको रुपमा अफ्रिका, पूर्वी एसिया तथा प्यासेफिक क्षेत्र, युरोप र मध्य एसियाली देशमा काम गरिसकेका कमाटाले पूर्वाधारलगायतका क्षेत्रमा दक्षता हासिल गरेका छन्। उनी यस अघि मध्ये उज्वेकस्तानको कन्ट्री म्यानेजरका रुपमा रहेका थिए।

विश्व बैंक प्रवेश अघि उनले जापानमा म्याकसिन्की कम्पनी तथा बैंक अफ टोकियोमा पनि काम गरिसकेका छन्। उनले बुथ ग्राडुएट स्कूल अफ बिजनेस सिकागो युनिभर्सिटी अमेरिका तथा वासेडा युनिभर्सिटी जापानबाट स्नातक गरेका छन्। उनले सेप्टेम्बर १ तारिकबाट नेपालमा कार्यभार सम्हाल्नेछन्।