नबिल बैंकले ६५ % लाभांस दिने, २० वोनस र ४५ नगद, एनबी इन्टरनेशनलको भागमा साढे ६८ करोड नगद

बिजमाण्डू
२०७१ भदौ १३ गते ००:०० | Aug 29, 2014
नबिल बैंकले ६५ % लाभांस दिने, २० वोनस र ४५ नगद, एनबी इन्टरनेशनलको भागमा साढे ६८ करोड नगद
काठमाडौं। नबिल बैंकले गत बर्षको नाफाबाट ६५ प्रतिशत लाभांस दिने निर्णय गरेको छ। बैंकले २० प्रतिशत वोनस सेयर र ४५ प्रतिशत नगद लाभांस दिने भएको हो।
 
बैंकको बिहीबार साँझ बसेको सञ्चालक समितिको वैठकले लाभांस प्रस्ताव गरेको हो। बैंकले गत बर्ष दुई अर्ब ३१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। 
 
'हामीले २० प्रतिशत बोनस सेयर  र ४५ प्रतिशत नगद दिने निर्णय गरेका हौं,' बैंक सञ्चालक समितिका अध्यक्ष कृष्णवहादुर मानन्धरले बिजमाण्डूसँग भने।
 
बैंकको अहिले तीन अर्ब चार करोड ७१ लाख रुपैयाँ चुक्ता पुँजी छ। बैंकको २० प्रतिशत वोनस सेयर थपिएपछि पुँजी ६० करोड ९४ लाख रुपैयाँले बढ्ने छ। 
 
बैंकको नाफाबाट सर्बसाधारणले एक अर्ब ३७ करोड ११ लाख रुपैयाँ नगद लाभांस पाउने छन्। नबिलमा ५० प्रतिशत सेयर रहेको एनबी इन्टरनेशनले यसबाट ६८ करोड ५५ लाख रुपैयाँ पाउने छ। 
 

Tata
GBIME
Nepal Life