बजाजको नयाँ शोरुम नवलपरासीमा, शोरुमबाट ग्राहकलाई सर्भिस, सेल्स र स्पेयर्सको आधुनिक सुविधा

बिजमाण्डू
२०७१ भदौ १३ गते ००:०० | Aug 29, 2014
बजाजको नयाँ शोरुम नवलपरासीमा, शोरुमबाट ग्राहकलाई सर्भिस, सेल्स र स्पेयर्सको आधुनिक सुविधा

काठमाडौं। बजाज मोटरसाइकलको अधिकृत विक्रेता हंसराज हुलासचंदले नवलपरासीमा सुविधायुक्त नयाँ शोरुम सुरु गरेको छ। नयाँ शोरुममा थ्रीएस अर्थात सर्भिस, सेल्स र स्पेयर्सको सुविधा रहेको कम्पनीले जनाएको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले सुविधायुक्त अन्सारी ट्रेडर्स प्रालिको पनि सुरुवात गरेको जनाएको छ। अन्सारी ट्रेडर्सले परासी क्षेत्रमा बजाजको विक्री पनि हेर्ने कम्पनीको भनाइ छ।

नयाँ शोर्कमको उदघाटन गर्दै बजाजका उप प्रबन्ध निर्देशक चिरञ्जीवी शाहले परासीमा नयाँ शोर्कमको उदघाटन गर्न पाएकोमा खुशी व्यक्त गर्दै देशभरका ग्राहकहरुका लागि आफ्ना सेवाहर्क सधैं प्रदान गर्न प्रतिबद्धता जनाए। उनले गुणस्तरीय सेवा पनि अझै विस्तार गर्दै लैजानेसमेत बताए।
सेवा सुरु गरेको अवसरमा अन्सारी ट्रेडर्सले ग्राहकका लागि उपहार योजनासमेत ल्याएको छ।