दुई दिनमा तोलाको तीन सयले महंगीयो सुन, तोलाको ५३ हजार छ सय रुपैयाँ, चाँदीको मूल्य स्थिर

बिजमाण्डू
२०७१ भदौ १३ गते ००:०० | Aug 29, 2014
काठमाडौं। दुई दिनमा सुन तोलाको तीन सयले महंगोे भएको छ । तोलाको ५३ हजार छ सय रुपैयाँमा प्रतितोला सुनको कारोबार भइरहेको छ । विहीवार एक सयले मूल्य बढेको सुन बिहीवार दुई सयले महंगो भएको छ ।  

भारतीय बजारमा पनि प्रतिऔंस सुनको मूल्य बढेर कारोबार भइरहेको छ । करिब १२ बजे त्यहा प्रतिऔंस सुनको कारोबार २८ हजार ५६ भारुमा भइरहेको छ । यो अघिल्लो दिनको भन्दा दुई सय ७६ भारुले बढि हो । युक्रेनमा बढेको तनावकै कारण सुनको माग बढेको सञ्चार माध्यमहरुले उल्लेख गरेका छन । 
घरेलु बजारमा चाँदीको मूल्य भने स्थिर छ । चाँदी तोलाको आठ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

Tata
GBIME
Nepal Life